स्क्रब टाइफसबाट एककाे मृत्यु

डडेल्धुरा / स्क्रब टाइफस रोगबाट यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् । अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतककी आमा हरिनादेवीलाई पनि सङ्क्रमण देखिएको छ । उहाँको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त रोग सरुवा भएकाले अरुमा सङ्क्रमण हुन नदिन स्वास्थ्यचौकीबाट टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका भेटनरी कन्ट्रोल अधिकृत दीपेन्द्र रावलले बताउनुभयो । स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने र टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित