सेक्सी ट्याक्सी चालकको नालीबेली यस्तो

मनिला । के तपाईले यूवती ट्याक्सी चालकको नालीबेली सुन्न, पढ्न पाउनु भएको छ ? सेक्सी ट्याक्सी चालकको नालीबेली पस्किदै छौं आज हामी । फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर पछिल्लो समय उनी ट्याक्सी चालकका रूपमा काम गर्छिन् । मनोविज्ञानमा स्नातक गरेकी उनले करियर परिवर्तन गर्ने निधो गरिन् ।

विगत ८ महिनादेखि ट्याक्सी चालकका रूपमा काम गर्न थालिन् । पुरुषहरूको बाहुल्य रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू औधी प्रभावित भए । यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा सेयर गर्न थाले । र, उनी रातारात फिलिपिन्सकी सेलेब्रेटी जस्तै भएकीछन् । उनलाई अहिले विश्कै सर्वाधिक हट उबर ट्याक्सी चालक बताइन्छ । युबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् ।

‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । तर, यो क्षेत्रमा मेरो प्रवेशपछि सर्वसाधरण मानिस चकित भएका छन् ,उनी भन्छिन् ।’उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् । ट्याक्सीमा यात्रा गर्ने अधिकांश पुरुष यात्रुमध्ये केहीले उनको फोन नम्बरसमेत माग्छन् । ‘तर उनी हाँसेर टारिदिन्छिन् । म कोहीसँग पनि डेटिङ गएकी छैन ।

तादेओलाई उनका पुरुष साथीले चालक बन्न सुझाब दिएका थिए । तर, सबै यात्रुले उनलाई बुक गर्न पाउँदैनन् । ‘प्रायः यात्रु मेरो ट्याक्सीमा चढ्न रुचाउँछन् । तर, मेरो नजिकको रुटमा जो हुन्छन् उनीहरूलाई नै सेवा दिन्छ,’ उनी भन्छिन् । टाफिक जाममा पर्दा पनि यात्रुहरूलाई दंग पर्ने उनको दाबी छ । – एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित