श्रीमती धेरै राम्री भएपछि श्रीमानलाई टेन्सन, उठाए यस्तो कदम कि सुन्दा पनि डर लाग्छ


एजेन्सी। पुरुषहरु आफ्नी श्रीमती सुन्दर होउन् भन्ने चाहन्छन् । बिहेअघि वा प्रेमका लागि पनि युवकहरु धेरैजसो सुन्दर युवती नै खोज्छन् । भारतको मुम्बइमा बस्ने एक युवककी श्रीमती पनि निकै सुन्दर थिइन् । तर, ती युवकलाई आफ्नी श्रीमतीको सुन्दरता देखेर जलन हुन थालेपछि निकै खतरनाक काम गरेका छन् ।

यी युवकलाई डर थियो कि आफ्नी सुन्दरी श्रीमतीमाथि शहरका पुरुषहरुको कुदृष्टि पर्नेछ । यही कारण उनले यतिसम्म खतरनाक काम गरे कि सुन्दा समेत मुटु काँप्छ । मिडिया रिपोर्टका अनुसार यो घटलाई अहिले मुम्बइको क्राइम ब्रान्चले हेरिरहेको छ । आरोपीको नाम राज रायकवार बताइएको छ । उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

राज बलिउडमा काम गर्छन् यही कारण उनी मुम्बइमा बस्छन् । उनको परिवार भने जबलपुरमा बस्छन् । करिब १२ वर्ष पहिले राजको बिहे भएको थियो । राजका २ छोराछोरी पनि छन् । राजकी पत्नी निकै सुन्दर छिन् । यही कारण राजलाई डर थियो कि शहरका पुरुषहरुले उनी पत्नीमाथि कुदृष्टि लगाउनेछन् । यही डरका कारण एक दिन उनले आफ्नी श्रीमतीको अनुहारभरी लामखुट्टे मार्ने क्वाइल अड्याउने स्ट्याण्डले नराम्रोसँग कोतरीदिए । उनकी पत्नीले घरेलु हिंसा र दाइजोको विषयमा मुद्दा दर्ता गराएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित