नि:शुल्क स्वास्थ्य शिविरमा ३१० जनाको स्वास्थ्य परीक्षण

इटहरी / इटहरी वडा नम्वर ४ ले गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरमा ३१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नोवेल अस्पताल विराटनगरका ११ जना विशेषज्ञ डक्टर सहित २१ जनाको टोलीले स्वास्थ्य परीक्षण गरेका हुन । इटहरीका मेयर द्धारिकलाल चौधरीले उदघाटन गर्नुभएको स्वास्थ्य शिविरमा छाला, हाडर्जोनी, नसा, दाँत, स्त्रीरोग, मुटु, वालरोग, मानसिक, नाक कान घाँटी लगायतको परीक्षण गरिएको छ ।

भिडियो एक्सरे,इको,इजिसी र १६प्रकारका रगतको परीक्षण समेत निशुल्क गरिएको छ । दशै तिहार लगायतका चाडवाड जनताले ढुक्क सँग मनाउन भनेर स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको वडाध्यक्ष चन्द्र भट्टराईले वताउनुभयो । वडाले बर्षमा दुई पटक स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य शिविरको उदघाटनका अवसरमा वुद्धगुम्वा टोलविकास समिति अन्र्तगतको छ सय मिटर सडक ३८ लाख ९८ हजारको लागतमा निर्माण गरिदिने भीम पौडेल र नोवेल अस्पतालका ब्यवस्थापक नारायण दाहाललाई सम्मान गरियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित