दुई-पत्नी विवाह नगरे जेल

केही इस्लामी मुलुकवाहेक सामान्यतया कुनै पनि देशका नागरिकले दोश्रो विवाह गर्न पाउँदैनन् । दोश्रो विवाह गरे कानुनी सजायको भागिदार बन्नुपर्ने हुन्छ । तर, विश्वमा यस्तो देश पनि छ, जहाँ दुईवटा पत्नी विवाह नगरे कानुनको उल्लंघन मानिन्छ र जेल सजायसमेत भोग्नुपर्छ ।

यस्तो अनौठो नियम भएको मुलुक हो– अफ्रिकी देश इरिट्रीया, जहाँ हरेक पुरुषलाई दुई महिलासँग विवाह गर्न सरकारले आदेश दिएको छ । इरिट्रीयामा पुरुषको भन्दा महिलाको संख्या अत्यधिक भएकोले त्यहाँका पुरुषले दुई विवाह गर्नुपर्ने नियम बनाइएको हो ।

यदि पहिलो पत्नीले दोश्रो विवाह गर्न पतिलाई अवरोध खडा गरे उनलाई आजीवन कारावासको सजाय हुन सक्छ । सरकारले दोश्रो विवाह गर्नैपर्ने कानुन बनाएपछि अहिले इरिट्रीया दोश्रो विवाह गर्ने पुरुषहरूको संख्या निकै बढेको छ ।विश्वभरि इरिट्रीया सरकारको यो कदमको विरोध भए पनि इरिट्रीयाले यसलाई कुनै महत्व दिएको छैन । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित