फत्तेपुरमा न्यूरो अस्पतालको “बृहत स्वास्थ्य शिविर ”सम्पन्न

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि., विराटनगर तथा सप्तकोशी नगरपालिका को आयोजना तथा रेसफेक नेपाल , सप्तरी जिल्ला ब्याडमिन्टन संघ र औषधी व्यवसायी संघ, फत्तेपुरको संगको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । श्री गोर्वद्धन बैरागी जनता उच्च मा. वि, फत्तेपुरकोे प्रांगणमा आयोजित उतm शिविरमा १२०० भन्दा बढी बिरामीहरुले प्रत्यक्ष सेवा लिएका थिए ।

शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ विशेषज्ञ चिकित्सकहरु डा. वीरेन्द्र कुमार विष्ट, डा. यम बहादुर रोका, डा. नवीन कुमार कर्ण, डा. सुदीप खनिया, डा. राजीव श्रेष्ठ, डा. नारायणी रोका, डा. रेनुका राठी, डा. सुधिर श्रेष्ठ, डा. मनोज सरदार ,तथा मेडिकल अधिकृत हरु डा. फडिन्द्र मण्डल, डा. साहिल अनसारी, डा. काजल श्रेष्ठ, डा.अनुज श्रेष्ठ, डा. अनिल मेहता, डा. श्रृजल रिजाल, द्वारा बिरामीहरुलाई प्रत्यक्ष सेवा पु¥याउनुका औषधि समेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा बालक देखि वृद्ध सम्मका विरामीहरुको सहभागिता थियो । जसमा भ्ऋन्, भ्भ्न् , मधुमेह रगत परिक्षण तथा फिजियोथेरापी समेत गरिएको थियो ।

शिविरमा अधिकतम मस्तिस्क तथा नशारोग, हाडजोर्नी, जेनेरल सर्जरी, आखाँ रोग , स्त्री तथा प्रसुती रोग तथा बाल रोग सम्वन्धी बिरामीहरु बढी मात्रामा सहभागी भएका थिए ।
जनचेतना फैलाउने उदेश्यले आयोजित उक्त शिविरको दौरान विभिन्न रोग सम्वन्धी जानकारी एवम् सावधानी अपनाउनु पर्ने जानकारी मूलक सामग्रीहरु समेत बिरामीहरु तथा सर्वसाधारणमा वितरण गरिएको थियो ।

शिविरमा सबै विधालयका विधार्थीहरु मा स्वास्थ्य सचेतना अभिबृद्धि गर्न वर्तमान जिवनशैली र उच्च रतmचाप विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको र प्रथम हुने मनोज शाह, दोस्रो हुने अभिषेक कार्की र तेस्रो हुने दिपिका चौधरी लाई पुरस्कृत समेत गरिएको अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जानकारी गराउनु भएकाे थियाे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित