स्वास्थ्य र सौन्दर्यका लागि तोरीको तेल

तोरीको तेल स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ । सोधमा यो पनि प्रष्ट भएको छ कि रिफाइन्डको तुलनामा तोरीको तेल स्वास्थ्यको लागि बढी गुणकारी हुन्छ । यसकारण आवश्यक हुन्छ कि रिफाइन्ड र डाल्डा घीउको सेवनबाट टाढा रहनुहोस् । किचनमा सब्जी र दाल बनाउनको लागि तोरीको तेल नै प्रयोग गर्नुपर्दछ । तोरीको तेल स्वास्थ्य र सुन्दरता दुवैको लागि राम्रो हुने बताइएको छ । तोरीको तेलमा कयौँ यस्ता तत्व पाईन्छ, जो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । साथै यो दुखाई निवारकको रूपले पनि प्रयोगमा आउँछ ।

जोर्नी दुख्ने या कान दुख्ने समस्यामा तोरीको तेल एक औषधिको रूपमा काम गर्छ । आयुर्वेदमा पनि यसलाई निकै गुणकारी भनिएको छ । हामी मध्य अधिकांश मानिसले तोरीको तेलको प्रयोग गर्दै आएका छौँ होला तर यसको सम्पूर्ण फाइदा बारे जानकारी नहुन सक्छ । नियमित तोरीको तेलको सेवन गर्नुको यस्ता छन् फाइदा- रुखो त्वचाको लागि फाइदाजनक तोरीको तेलको सेवन स्वास्थ्यको लागि फाइदाजनक हुनुको साथै त्वचाको लागि पनि निकै गुणकारी हुन्छ । यसमा भिटामिन ई प्रयाप्त मात्रामा पाईन्छ । जाडोमा प्रायजसो रुखो त्वचाको समस्या रहन्छ । यस्तो अवस्थामा तोरीको तेलले मालिश र सेवन गर्नुहोस् । यसको सेवन र मालिश गर्नाले त्वचालाई आन्तरिक रूपमा पोषण मिल्छ । साथै यसलाई त्वचामा लगाएमा त्वचामा नरमपन बनिरहन्छ । रुघाखोकीबाट आराम दिलाउँछ यदि तपाईलाई जाडो मौसममा रुघाखोकीको समस्या रहेको छ भने यस समस्याको लागि तोरीको तेल लाभदायक हुन्छ । तपाई राती सुत्ने समय तोरीको तेल हल्का मनतातो बनाई नाकमा दुई-दुई थोपा हाल्नुहोस् । अर्को दिन बिहान जब तपाई उठ्नुहुन्छ तब रुघाखोकीको समस्याबाट आराम मिल्छ । यस विधिलाई लगातार दुई देखि तीन सम्म प्रयोग गर्नाले पुरानो रुघा पनि ठिक हुन्छ । वजन घटाउन सहयोगी तोरीको तेलमा थियामाइन, फोलेट र नियासिन पाईन्छ । यी तीन तत्व शरीरको मेटाबोलिज्मलाई बढाउन मद्दतगार हुन्छ । जब यी तीन तत्व शरीरमा पुग्छ भने यसबाट वजन घटाउन मद्दत मिल्छ ।

दुखाई निवारक जोर्नी दुख्ने समस्याले पिडित व्यक्तिले तोरीको तेलले मालिश गर्दा दुखाईबाट आराम मिल्छ । घुँडा या कम्मरको दुखाईमा तोरीको तेललाई तातो बनाई मालिश गर्दा आराम दिन्छ । यसको साथै तोरीको तेलको सेवनले आन्तरिक दुखाईबाट पनि आराम मिल्छ । भोक बढाउँछ के तपाई प्रायजसो भोक नलाग्ने समस्याले चिन्तित हुनुहुन्छ? यस्तो अवस्थामा आफैँलाई शरीरमा कमजोर महसूस गर्नुहुन्छ भने तोरीको तेलको सेवन तपाईको लागि राम्रो मानिन्छ । तोरीको तेलको सेवनले पेटमा एपिटाइजरको रूपमा काम गर्छ । जसबाट भोक बढाउन मद्दत मिल्छ । प्रायजसो बच्चालाई भोक नलाग्ने समस्या हुँदा तोरीको तेल दिने गरिन्छ । अस्थमाको उपचार जाडोमा प्रायजसो अस्थमा रोगीहरूको समस्या बढ्छ । यस्ता रोगीहरूको लागि तोरीको तेल राम्रो मानिन्छ ।

तोरीको तेलमा प्रयाप्त मात्रामा म्याग्नेशियम पाईन्छ । यसको सेवन गर्नाले अस्थमा रोगीलाई आराम मिल्छ । दाँतको दुखाईमा फाइदाजनक यदि तपाईको दाँतमा केभिटी या पायरियाको कारणले दुख्ने समस्या रहेको छ भने तोरीको तेलले उपचार गर्दा आराम मिल्छ । दाँतमा दुखाईको समस्या हुँदा तोरीको तेलमा नून मिलाएर गिजामा हल्का मालिश गर्नुहोस् । यसो गर्दा दाँतको दुखाई कम हुन्छ र दाँत बलियो बन्छ । रोग प्रतिरोधक क्षमता बढाउँछ तोरीको तेलले शरीरको रोग प्रतिरोधक क्षमता बढाउने काम गर्छ । शरीरको आन्तरिक कमजोरीलाई हटाउनको लागि तोरीको तेलको नियमित सेवन गर्नुहोस् । यसले मालिश गर्दा पनि लाभ मिल्छ । जन्म देखि नै साना बच्चालाई तोरीको तेलले मालिश गर्नुको पछाडी रोग प्रतिरोधक क्षमता बढाउनु नै हो ।

 

प्रतिक्रिया

सम्बन्धित