ज्वानो खानुहाेस यस्ता आश्चर्यजनक फाइदा हुन्छ

सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ ।झट्ट जिव्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ ।

यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजवुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पु¥याउछन् । यसमा वातनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाई कम गर्न मद्दत गर्नुका साथै शारीरिमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ ।

धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो । सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ । महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुति ज्वरमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीका साथ प्रयोग गरिन्छ । ज्वानोसँगको अन्य समिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

हामीले प्रयोग गर्ने मसलाहरूमा ज्वानोको दाना मसिनो हुन्छ । स्वाद पिरो, पर्पराउने र केहि मात्रामा तितो पनि हुन्छ तर वासनादार हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५०० फिट उचाइमा हुन्छ । खासगरी भारत, इजिप्ट र अल्जेरीया यसको खेतीको लागि प्रसिद्ध छन् ।
नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ । ज्वानो सानो र ठूलो गरी दुइप्रकारका हुन्छन् । विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ

ज्वानोका फाइदा :

– मन तातो पानीमा अलिकति ज्वानो, अलिकती नुन हालेर खाएमा अपच ठिक हुन्छ ।

– १० दिन सम्म ज्वानो, मह र चुक अमिलो मिसाएर खाने हो भने मृगौलाको पत्थरीलाई गलाउन मद्धत पुग्छ ।

– तौल घटाउनका लागि समेत यसको प्रयोग गर्न सक्नुहुन्छ ।

– ज्वानोको धुवाँ मात्र लिँदा पनि दमका रोगीलाई सास फेर्न सहज हुन्छ । अझ ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने लाभदायक हुन्छ ।

– दिनको २–३ पटक १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस खाँदा खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

– ज्वानो उमालेर त्यसको वाफ लिने हो भने वायुविकार र पेट फुल्ने रोगीका लागि लाभदायक हुन्छ ।

– १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो सर्दि तथा रुघाखोकी ठिक हुन्छ । ज्वानो चपाएर खाए मात्र पनि खोकी ठिक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित