लिवरल सोसाइटीकाे को निशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले गराए स्वास्थ्य जाँच

लिवरल सोसाइटी तरहराको आयोजनामा शनिबार तरहरामा जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त स्वास्थ्य शिविरमा तरहरा आसपासका दुई सय २३ जना जेष्ठ नागरिकहरुले निशुल्क स्वास्थ्य जाँच गराएका थिए । सबैभन्दा बढी उमेरका ९५ बर्षीय साइनध्वज अधिकारी, गायत्री माया गिरी, गणेश बहादुर खड्का, बिरबहादुर पाण्डे, लगायत अन्य ८० बर्ष भन्दा माथिका दुई दर्जन बढी जेष्ठ नागरिक तथा अन्य त्यो भन्दा कम उमेरका जेष्ठ नागरिकहरु लगायत अन्य मानिसहरुले स्वास्थ्य जाँच गराएका थिए ।

उक्त स्वास्थ्य जाँचमा सुगर, ब्लड प्रेसर,आँखा कान, नाक र घाँटी रोगको निशुल्क स्वास्थ्य जाँच गराएका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा तरहरामा क्रियाशिल रुपमा सामाजिक काममा रहेको लिवरल सोसाइटीले स्वास्थ्य जाँच गराएको थियो । कार्यक्रममा बोल्दै लिवरल सोसाइटीका अध्यक्ष सुवेक्षु देवान राईले यो एउटा क्लब रहेको र यसले सामाजिक काम गर्ने बताए । अन्य क्लबहरुले कन्र्सटको आयोजना गर्छन्,हामी सामाजिक काम गर्छौ उनले भने, हामीले तरहरामा दुईचार जना युवाहरुको सक्रियतामा सरसफाई अभियान चलाएका थियौँ, अहिले त्यो अभियान २४ औँ हप्तामा सञ्चालमा रहेको छ । उक्त क्लबले २४ हप्ता अगाडिबाट सरसफाई अभियान चलाएको उनको तर्क थियो । नेपालीहरुको चार्डवाड नजिकिएको र चार्डवार्डमा कोही पनि बिरामी नहोस् भन्ने उदेश्यले जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य जाँचको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि इटहरी २० का कार्यवाहक अध्यक्ष रामबहादुर गिरीले तरहरामा युवाहरुको एकल प्रयासमा लामो समयअगाडिबाट सामाजिक काम हुनु र स्वास्थ्य शिविरको आयोजना हुनु सराहनीय काम रहेको भन्दै प्रसंसा गरे । पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको उदाहरण दिदैँ उनले यो क्लबको कामप्रति आँफूहरु सकारात्मक रहेको उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै सामूदायिक विद्यालय व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष मणिराम गिरीले मानिस जन्मदैँ फटाहा र असल भएर नजन्नमने बताउँदै समाजमा सिक्दै जाने बताए । आगामी दिनमा पनि समाजसेवामा अब्बल बन्दै जानका लागि उनको सल्लाह थियो । निशुल्क स्वास्थ्य जाँच गराईसकेपछि जेष्ठ नागरिकहरुले आँफूहरु युवाहरुको कामप्रति सकारात्मक रहेको बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित