१६ वर्षीया किशोरी हुँ ,यौन सम्पर्कपछि मेरो योनिबाट ग्याँस !

 

म १६ वर्षीया किशोरी हुँ । यौन सम्पर्कपछि मेरो योनिबाट ग्याँस बाहिर निस्किएजस्तो आवाज आउँछ । यस्तो आवाज आउनुको कारण के हो ?

किशोरावस्थामा यौनसम्पर्क

यसो विचार गर्दा तपाईं १६ वर्षकै उमेरमै विवाहित हुनुहुन्छ जस्तो लाग्दैन । तपाईंले के–कस्ता व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको छ, केही लेख्नुभएको छैन । यो पक्कै हो कि किशोरावस्थामा यौनचाहना तीव्र हुन्छ, तैपनि यो उमेरमा यौनसम्पर्क गर्ने क्रममा धेरै कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

त्यसमा पनि विवाहपूर्व यौनसम्पर्क राख्नुको आफ्नै किसिमको प्रभाव हुन्छ । अहिलेको आधुनिक समाजमा विवाहको उमेर पछिल्तिर धकेलिएको छ, तर यौन चाहना किशोरावस्थादेखि नै तीव्र हुन्छ । किशोरावस्थामा हुने असीम यौनचाहनालाई शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् । यसबाट पर्न सक्ने प्रभावका सम्बन्धमा किशोर–किशोरीले जानकारी राख्नु आवश्यक छ । यस्तो यौन व्यवहार सामाजिक रूपमा अमान्य भएका कारणले सामाजिक बहिष्कार तथा हेंलाको सामना गर्नुपर्ने हुन सक्छ ।

यस किसिमको यौनसम्पर्क प्राय: जसो हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहन सक्ने सम्भावना हुन्छ ।

यदि गर्भ रहिहाले बेइज्जति सहनुपर्ने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आदि हुनसक्छ । त्यसबाट गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्याको सामनासमेत गर्नुपर्ने हुन्छ । अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको आफ्नै समस्या छ । त्यसकारण यस्ता यौनसम्पर्कबाट जोगिनु आवश्यक छ । जति सानो उमेरमा यौन सम्पर्क सुरु गर्‍यो त्यति नै धेरै यौनसाथी हुने सम्भावना हुन्छ, जसले जोखिम बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ । त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय दुवै जना मिलेर गर्नु उपयुक्त हो । यस्ता निर्णय वा भनौं अठोट पालना गर्न नसक्दा समस्यामा परिन्छ । किशोर–किशोरीहरूलाई वैकल्पिक यौन आनन्दका उपाय वा सुरक्षाका उपायहरूको पनि राम्रो जानकारी हुनुपर्छ ।

योनिबाट आएको आवाज

कतिपय व्यक्तिले यौनसम्पर्कका बेला योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिँदैन । यो विशेषत: यौनसम्पर्कका बेला योनिमा लिङ्ग प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ । प्रवेश गर्ने बेला लिङ्गले योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि हावा बाहिर निस्कन खोज्छ । त्यस्तो हावा लिङ्गको वरिपरिबाट बाहिर आउँछ । यही क्रममा आवाज आउँछ । आवाजको कुरा गर्दा यो एक किसिमले ‘अपान वायु’ अर्थात् पाद आएको बेलाजस्तै हुन सक्छ, तर सामान्यत: यो गन्हाउँदैन ।

योनि एक नली आकारको अङ्ग भए पनि योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएकाले यसमा हावा हुँदैन, तर कतिपय अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईलें याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला भयो भने हावा भित्र जाने सम्भावना हुन्छ । तपाईंलाई थाहै हुनुपर्छ, यौन उत्तेजनाका बेला योनिद्वार खुला हुन्छ । यौन उत्तेजनाका बेला योनि तथा भग क्षेत्रमा रक्तप्रवाह बढ्छ र लिङ्ग प्रवेशका लागि तयार रहन्छ । यस्तो स्थितिमा हावा भित्र रहने र त्यो दबाबका साथ बाहिर आउने सम्भावना बढी हुन्छ ।

यौनसम्पर्क गर्ने क्रममा लिङ्ग पूरै बाहिर निकालेर पुन: प्रवेश गराएको स्थितिमा हावा भित्र पस्ने र दबाबका साथ बाहिर आउने स्थिति हुन्छ । त्यसका साथै केही निश्चित यौन आशनमा यस्तो समस्या बढी देखा पर्न सक्छ । यो कुरा तपाईंले पनि याद गर्नु भएको हुन सक्छ । त्यसबाहेक केही महिलाले यौन चरमसुख प्राप्तिपछि योनिबाट आवाज आएको अनुभव गर्छन्, किनभने चरमसुख प्राप्तिपछि योनि उत्तेजना नभएको पुरानै अवस्थामा आउँदा त्यसमा भएको हावा निस्कने क्रममा यस्तो आवाज आउँछ ।

समाधान के हुन सक्ला ?

यसरी पादेको बेलाजस्तै यौन सम्पर्कका बेला कुनै गन्धबिना आवाज मात्र आउनु असामान्य कुरा नभएकाले यसमा विशेष उपचारको आवश्यकता पर्दैन । कतिपयले यो कुरालाई लिएर लज्जाबोध गर्छन्, तर लाज मान्नुपर्ने पनि केही कारण म देख्दिनँ ।

कुरा जे भए पनि यसलाई कम गर्ने केही उपाय भने अवलम्बन गर्न सकिन्छ । तपाईंले आफ्नो यौनसाथीसँग कुरा गरेर यौन क्रियाकलापमा केही परिवर्तन ल्याउन सक्नुहुन्छ । यौनसम्पर्क गर्दा गर्दै यदि तपाईंले यौन आसन परिवर्तन गर्न खोज्नुभएको छ भने लिङ्ग योनिबाट पूरै ननिकाली गर्नुभयो भने योनिमा हावा पस्दैन र यस्तो आवाज आउने सम्भावना पनि हुँदैन वा कम हुन्छ ।

अर्को कुरा, तपाईंको यौनसाथीले लिङ्ग बिस्तारै योनिमा प्रवेश गराए भने पनि आवाज निकै कम हुन्छ वा आवाज नै नआउन सक्छ, किनभने यसो गर्दा योनिमा भएको हावा बिस्तारै फुस्कन्छ । यसैगरी लिङ्गलाई भित्रसम्म प्रवेश नगराई हल्का रूपमा प्रवेश गराउँदा पनि योनिबाट आउने आवाज कम हुन्छ । त्यसबाहेक कुनै निश्चित यौन आशनमा यौनसम्पर्क गर्दा बढी आवाज आउँछ भने त्यस्तो आशन प्रयोग नै नगर्नु यसबाट जोगिने सरल उपाय हो ।

यी उपाय अवलम्बन गर्दा पनि समस्या कम नभए वा गन्धयुक्त आवाज आए जस्ता केही स्थितिमा तपाईंको योनिको संरचना केही फरक वा असामान्य किसिमको हुन सक्छ, तर तपाईंले त्यस्तो कुनै लक्षण उल्लेख नगर्नु भएकाले त्यस्तो कुनै खराबी भएजस्तो बुझिँदैन । योनिको संरचनागत खराबी भएको स्थितिमा भने उपचारको आवश्यकता पर्छ । योनिमा के–कस्तो खराबी छ भन्ने यकिन गर्न एकपटक स्त्रीरोग विशेषज्ञबाट परीक्षण गराउनुपर्छ । साप्ताहिकबाट ।

प्रतिक्रिया

सम्बन्धित