इटहरी नमुना कलेजका बिद्यार्थीहरूले बलात्कारबिरुद्ध पर्दशन गरे सडक नाटक (तस्विरहरू सहित)

इटहरी / इटहरीमा रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इटहरी नमुना कलेजका बिद्यार्थी देशै भरी बढ्दै गएका बलात्कार र यौन जन्य हिसांका घटना बिरुद्ध सचेतना जगाउन जुटेका छन् । बिएस्डब्लु तेस्रो बर्षका बिद्यार्थीको पहलमा कलेजका ५ सय भन्दा धेरै बिद्यार्थीले शान्तीपुर्ण ¥यालि र सडक नाटक मार्फत जनचेतना जगाभउन थालेका हुन् ।

क्लेज परीसरबाट ¥यालिमा निस्कीएका बिद्यार्थीले इटहरी बजार क्षेत्रको परीक्रमा गर्दै इटहरी उपमहानभगरपालिका कार्यालय अगाभडी गएर सडक नाटक प्रस्तुत गरेका थिए । बिद्यार्थी सभ्यता भट्टराईको लेखन तथा निर्देशन रहेको नाटकमा बलात्कार आफुले धेरै नजिक सम्झको मान्छेबाट समेत हुन सक्छ भन्ने देखाईएको थियो । नाटक मर्फत यौन जन्य हिसांका घटनालाई गुपचुप पार्नु हुदैन । अपराधिलाई हदैसम्मको कारबाहि गराउन संघर्ष गर्नु पर्छ भन्ने सन्देश दिईएको छ ।

बलात्कार पश्चात सुरक्षा निकायले गर्ने ब्यहवार र बास्तवमा पिडीतले चाहेको ब्यहवार कस्तो हुन्छ भनेर समेत देखाईएको छ । इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमको समेत उपस्थीती रहेको कार्यक्रममा देखाइएको नाटकमा सिन्धीया साम्पाङ, सिर्जना गुरागाँई, सभ्यता भट्टराई, स्मारीका कार्की, समिक्षा सुबेदी, सबिना पौडेल, गिता कोईराला, रबिना शिवाकोटी, रोस्ना खत्री लगायतका छात्रा बिद्यार्थीले अभिनय गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित