गाइनो रोगीलाई कावेली हस्पीटलको निसुल्क सेवा

पथरी / मोरङको पथरी वजारमा रहेको कावेली हस्पीटलले एक दिने निसुल्क स्वास्थ्य शिविरको आयोजना गरि नगर क्षेत्रमा रहेका महिलाहरुको स्वाथ्य परिक्षण गरेको छ । हस्पीटलले विशेष गरि महिलाहरुको पाठेघरको मुखमा हुने क्यानसर सम्वन्धी भिआइए स्क्रेनिङ जाँच र महिलाहरुको स्तनको क्यान्सर सम्वधि जाँच गरि रोगीको निशुल्क जाँच गरेको छ । अरनिको अस्पताल उर्लावारीका एमविविएस एमएस डाक्टर प्रदिप कुमार यादव र मेडिकल अफिसर डाक्टर सागर धमलाको सहयोगमा अस्पतालले १ दिने निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको हो ।

सो स्वास्थ्य शिविरमा नगर क्षेत्र भित्र र वाहिरका गरि ४ सय महिलाहरुले स्वास्थ्य सेवा लिएको डाक्टर यादवले बताए । नगर क्षेत्रका महिला तथा नगर वाहिरका महिलाहरुलाई लक्षीत गरि आयोजना गरिएको सो १ दिने शिविरमा औषधीमा १० प्रतिशत, ल्याव टेष्टमा, भिडियो एक्सरे र डिजिटल भिडियो एक्सरेमा २५÷२५ प्रतिशत छुटको व्यावस्था गरिएको अस्पताल प्रशाशनले जनाएको छ ।

महिलाहरुमा हुने साना तिना गाठ्ठा गुठ्ठीबाट क्यान्सर फैलीने भएकाले त्यस्ता रोग पतालगाएर उपचार गराउन संचालक देवराज भण्डारीले अनुरोध गर्नु भएको थियो । आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नपाई अकालमै ज्यान गुमाउन नपरोस भनेर अस्पतालले गरिव,विपन्न परिवार, तथा सिमान्तकृत वर्गलाई मध्यनजर गर्दै आगामी दिनमा अस्पतालले स्वास्थ्य सम्वधि अन्य जनचेतना मुलक कार्यक्रमको आयोजना गर्नुका साथै प्रतक्ष्य स्वास्थ लाभ हुने खालका कार्यक्रमहरुको आयोजन गर्दै स्वास्थ नगर र स्वास्थ नागरिक वनाउनमा अस्पताल लागि पर्ने अस्पतालका अध्यक्ष देवराज भण्डारीले वताए ।

कार्यक्रमका प्रमुख अथिति वडा न १ का वडा अध्यक्ष बावुराम येङदेन, नगरपालिकाका स्वाथ्य संयोजक मुरारी आर्चाय, स्थानिय समाजसेवि विर वहादुर वस्नेतले अस्पतालले आयोजना गरेको कार्य प्रति विशेष धन्यवाद दिदै सवैको सु–स्वास्थ्यको कामना गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित