भोजपुरका एक मुटु रोगीले नया जीवन पाए

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सधै नकारात्मक समाचार बाहिर आउने गरेको छ । त्यहा सकारात्मक कुरा पनि धेरै छन् भन्ने कुराको जानकारी कमै मात्र बाहिर आउने गरेका छन् । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुटु रोगको उपचारमा धेरै प्रगति गरेको पाइएको छ । तीन बर्ष अगाडि मुटु रोगीहरुकै उपचारका लागि क्याथ ल्याव सञ्चालनमा ल्याएको बीपीले तीन बर्षकै अवधिमा ठूलो उपलब्धी हासिल गरेको छ ।

बीपीमा अहिले ५ जना मुटु विशेषज्ञ चिकित्सक रहेका छन् । अत्यन्तै चाप रहने बीपीमा यी ५ जनाको समूहले धेरै काम गरेका छन् । पछिल्लो समय भोजपुरको दुर्गम गाउ षणानन्दक गाउपालिकाका हृदयघात भएका एक विरामील नया जीवन पाउनु भएको छ । मुटुको भल्व बन्द भएपछि रगत सञ्चालन नै हुन नसकेको उहाको ५ प्रतिशत पनि बाच्ने आशा नभएपनि चिकित्सकको अथक प्रयासले नया जीवन पाउनु भएको छ ।

असोज ४ गते हृदयघातबाट गम्भीर अवस्थामा बीपी ल्याइ पु¥याइका उहाको प्रतिष्ठानका मुटु विशेषज्ञ डा. प्रशासन्त साहले नया जीवन दिनुभएको हो । ५ प्रतिशत पनि बाच्ने आशा नराखेका परिवारले भीमबहादुरले नया जीवन पाएकोमा परिवारमा खुशियाली छाएको छ । बाच्ने आशा गुमाएका विरामी तामाङ्गले नया जीवन पाएपछि डा. प्रशान्तलाई भीमकी श्रीमति सूर्यकुमारी राई, जेठा छोरा अजय तामाङले प्रतिष्ठानको क्याथ ल्यावमै सम्मान गरे ।

सो अवसरमा बोल्दै विरामी भीमले बाच्ने आशा गुमाएको आफूले नया जीवन पाएको भन्दै खुशी व्यक्त गरे । उहाले डा. प्रशान्तलाई भगवानको रुपमा हेरेको समेत बताउनुभयो ।
भीमको उपचारमा संलग्न मुटु विशेष डा. प्रशान्तले अन्तन्तै क्रिटिकल अवस्थामा ल्याएको उहाको बाच्ने आशा झिनो हुदा हुदै पनि हरेश नखाई निरन्तर उपचारमा लागेको बताउदै आफूहरुको प्रयास सफल भएको भन्दै भीमको पक्षमा भगवान पनि साथ रहेको बताउनुभयो ।

यस्तै प्रतिष्ठानका सूचनाका कर्मचारी तथा कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ्गले प्रतिष्ठानभित्र भएका राम्रा कुराहरु आझेलमा पारेर नराम्रा कुराहरु बाहिर आउने गरेका कारण पछिल्ला समय प्रतिष्ठानको शाख गिर्दै गएको बताउनुभयो । उहाले यस्ता दक्ष चिकित्सकलाई प्रतिष्ठानले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

तीन बर्ष अगाडिदेखि मात्र मुटुको उपचार हुने प्रतिष्ठानमा अहिले विरामीको चाप बढेको डा् प्रशान्तको भनाई छ । उहाले पछिल्लो समय सूचनाले मुटु रोगीलाई सचेत गराएकै कारण लक्षण देखिनसाथ उपचार गराउन आउने गरेकै कारण अहिले मुटु रोगी उपचारमा आउन थालेको बताउनुभयो । हाल दैनिक १ सय जना मुटु रोगी प्रतिष्ठानमा आउने गरे पनि त्यसमा २० जना हृदयघातकै विरामी आउने गरेको उहाको भनाई छ ।

दीर्घ रोगी, खानपान, कसरतको कमी, मानसिक तनावका कारण बर्षेनी मुटु रोगीको संख्यामा बृद्धि हुदै गएको उहाले बताउनुभयो । यी कुरालाई ध्यान दिएर जीवन शैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने भन्दै यसतर्फ ध्यानदिन सबैलाई सुझाव समेत दिनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित