बिध्यालय जोगाउन बाल क्लव र जनप्रतिनिधी जुट्दै

पथरी  /  २०३८ सालमा स्थापना भएको सरस्वती आधारभुत बिध्यालय जोगाई राख्न अहिले स्थानिय नव ज्योती बाल क्लव जुटेको छ । बाल कक्षा देखी ५ कक्षा सम्म पढाई हुने स्कुलमा बिध्यार्थी भने ५० जना मात्रै छन । कुनै समयमा ४ सय बिध्यार्थी रहेको सो स्कुलमा अघिल्लो बर्ष २५ जना मात्र बिध्यार्थी रहेका थिए । यस बर्ष भने जनप्रतिनिधी र स्थानियको सहयोगमा ५० जना बिध्यार्थी रहेका छन ।

मोरङको पथरीशनिश्चरे वडा नं. २ मा अवस्थीत सो बिध्यालमा ४ जना शिक्षक दरबन्दी भए पनि भवन संरचना, शैक्षिक सामाग्री र अंग्रेजी शिक्षको मोहले बिध्यार्थी संख्या घटेको शिक्षक नेत्र प्रसाद खतिवडाले बताए । बिध्यालय बन्द हुने स्थिती आए पछि नजिकै रहेको बाल शिक्षालाई समेत सोही बिध्यालयमा संचालन गर्न थालेको छ । बिध्यालयमा ६ जना शिक्षक शिक्षीका र १ जना कार्यलय सहयोगी भए पनि अंग्रेजी शिक्षाको प्रलोभनले बिध्यार्थी संख्या स्कुलमा न्यून रहेको पाईन्छ । स्कुल जोगाउन र बालबालीकामा पढन पाढन गर्न सजिलो होस भनि वडा सदस्य पशुराम न्यौपाने र नव ज्योती बाल क्लवको सहकार्यमा ३० हजार बराबरको एल इ डी टिभी हस्तान्तरण गरेका छन ।

बाल बालिका स्कुल जान अभिपेरित होस भनि वडा सदस्य न्यौपानेले १२ ओटा बैठक भत्ता प्रदान गर्दै सहयोगी मनहरुलाई सो स्कुल जोगाईदिन समेत अनुरोध गर्नु भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षामा सुधार गर्ने उदेश्यले वडाको पहलमा चौतारी सामुदायीक वन संग सहकार्य गरि एक शिक्षीका राखेको र आउदा दिनमा वडाले नगरको सहकार्यमा थप सहयोग अघि सार्ने वडा अध्यक्ष यम प्रसाद गुरगाईले बताए । टिभी हस्तान्तरण गर्दै नव ज्योती बाल क्लवका अध्यक्ष सन्देश कुमार रिजालले यस टिभीको सहि सदुपयोग गरे आउदा दिनमा थप सहयोग गर्ने बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित