इटहरी उमहानगरद्धारा निशुल्क स्वास्थ्य सेवा

दिनदिनै स्वास्थ्य सेवा महङ्घो वन्दै गइरहेको वेला इटहरी उपमहानगरले निशुल्क स्वास्थ्य सेवा दिइरहेको छ । इटहरी ५ मा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र संचालन गरेर निशुल्क स्वास्थ्य सेवा दिएको हो । उपलब्ध औषधीहरु समेत निशुल्क दिने गरिएको छ । केन्द्रमा एमविविएस डाक्टर,जनस्वास्थ्य अधिकृत,२ जना स्टाफनर्स,एक जना हेल्थ असिस्टेण्ट लगायत ११ जनाले सेवा दिइरहेका छन ।

विशेषगरि शहरी रहनसहन र जीवनशैलीका कारण हुने रोगहरुको निशुल्क उपचारका लागि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत छवि रिजालले जानकारी दिनुभयो । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा विशेष गरि प्रेसर सुगर,वाथ,दम,थाइराइड,मोटोपन,मधुमेह,उच्चरक्तचापका विरामी जचाउन आउने गरेको डा गुन्जन त्रितालले वताउनुभयो । उहाँका अनुसार निशुल्क ओपीडि,उपचार सेवा र निशुल्क औषधीका कारण उपचार गर्न आउने ब्यक्तिहरु उत्साहित हुने गरेका छन । त्यहाँ ७० प्रकारका औषधी निशुल्क दिइने गरेको छ ।

शहरी जीवनशैलीका कारण हुने रोगहरु हुन नदिन र भइहाले रोकथाम गर्नका लागि स्वास्थ्य सल्लाह,परामर्श दिने गरिएको डा त्रितालले वताउनुभयो । निशुल्क खोप कार्यक्रम र निशुल्क ल्याव सेवा प्रदान गर्नका लागि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित