जानीराखौँ यस्ता रोगको संक्रमणमा लाभदायी हुन्छ नीम

वर्षौँदेखि आयुर्वेदिक औषधिको रुपमा नीमलाई प्रयोग गर्दै आएको पाईन्छ । नीमलाई आयुर्वेदमा निकै गुणकारी मानिन्छ । नीमको पातले गम्भीर समस्यालाई पनि निदान गर्न सहयोग पुर्याउँछ । आज हामी यसको उपयोगिताको बारेमा उल्लेख गर्नेछौँ ।

– नीमको पातलाई हामी दादको औषधिको रुपमा प्रयोग गर्न सक्छौँ । अनुहारमा भएको संक्रमण, यौनांगमा भएको संक्रमण र छालामा हुने कुनै पनि संक्रमणबाट यसले छुटकारा दिन्छ ।

– नीमले ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउँछ । दुषित खाना वा अन्य कारण पेटमा हुने संक्रमणमा नीम पानीले राहत दिन्छ।

– नीमको पातमा भाईरलबाट बचाउने गुण हुन्छ । त्यसैले विभिन्न किसिमको भाईरलबाट यसले छुटकारा दिन्छ ।

– हामीले प्रयोग गर्ने दन्त मन्जनमा पनि नीमको प्रयोग भएको पाईन्छ । त्यसैले नीमले दाँत सम्बन्धी समस्याबाट मुक्त गराउँदछ।

– नीमको प्रयोग चिन्ता तथा तनाव घटाउनको लागि पनि उपयुक्त मानिन्छ । यद्यपी यो त्यति प्रचलनमा भने आउन सकेको छैन।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित