त्रिभुवन विश्वविद्यालय कार्यालयमा तोडफोड

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीको एक समूहले तोडफोड गरी शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीमाथि दुव्र्यवहार गरेका गरेको छ । अपराह्न १३ः३० बजे शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागि समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नाका साथै शिक्षाध्यक्ष कार्यालयमा कार्यरत कर्मचारी समेतलाई त्रसित पारेको शिक्षाध्यक्षको कार्यालयका प्रमुख निर्मल मिश्रले जानकारी दिनुभयो । तोडफोडका कारण दुईवटा कुर्सी र टेबलमा क्षति पुगेको छ ।

शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा उपस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउँदागराउँदै पनि ८÷१० जना विद्यार्थीले उहाँलाई दुव्र्यवहार गरेको पाइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित