झापाको एक विद्यालयमा १० जोडी जुम्ल्याहा, अाफ्नै विद्यार्थी छुट्याउन सक्दैनन् शिक्षक (भिडियो सहित)

झापा । झापाको कचनकवल गाउँपालिका– २ सुकुनाडिकीमा छ, लक्ष्मीप्रसाद देवकोटा मावि । पूर्व पश्चिम राजमार्गमा पर्ने विर्तामोड बाट ३५ किलोमिटर दक्षिणमा रहेको यस विद्यालयमा अनौठो संयोग छ । २०२७ सालमा स्थापित यस विद्यालयमा १० जोडी जुम्ल्याहा अध्ययन गर्छन् ।

यहि विद्यालयमा हाल कक्षा–५ अध्ययनरत जमूना गौतमले यूकेजीमा पढ्दा भएको दौड प्रतियोगीतामा दोश्रो स्थान हाँसिल गरिन् । तर पुरस्कार थाप्न भने दिदी गंगालाई पठाईन् । जितेको जमूना खुसी, पुरस्कार थापेको गंगा खुसी । उनीहरु जुम्ल्याहा भएकै कारण शिक्षक र अरु विद्यार्थीहरुले पनि दौडेर दोश्रो हुने र पुरस्कार थाप्ने अलग हुन भनेर छुट्याउनै सकेनन् ।

कक्षा–१ मा अध्ययनरत गंगा–जमूना मूर्मू मध्ये प्राय एक जनामात्रै विद्यालय आउँछन् । एक आउँदा अर्कोले घरको काम गर्छन् । परिवार विपन्न र आमा पनि नभएकाले उनीहरु पालैपालो विद्यालय आउँछन् । तर कुन दिन को आयो, कुन दिन को आयो शिक्षकहरुले छुट्याउँदैनन् ।

प्रधानाध्यापक हेमलाल आचार्य भन्छन्–‘विद्यार्थी नआए पछि हिजो किन नआएको भनेर सोध्नु प¥यो, तर कहिले मत आँए दिदीपो नआएको भन्छन्, कहिले बहिनी पो नआएको भन्छन्, छुट्याउनै गाह्रो।’ अनुहार नछु्टिएकै कारण यस्ता संयोग यो विद्यालयमा भई रहन्छन् । नहुन् पनि कसरी १-२ जोडी होईन, १० जुम्ल्याहा अध्ययन्रत छन् यस विद्यालयमा ।

प्रतिक्रिया

सम्बन्धित