छानविन समितिलाई सहयोग गरेको भन्दै प्रतिष्ठानका कर्मचारी उपकुलपतिद्वारा गालीगलौज

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कर्मचारीलाई प्रतिष्ठानकै जिम्मेवार पदाधिकारीबाट हातपातको प्रयास भएको छ । एक साता अगाडि प्रतिष्ठानको भ्रष्टाचार छानविनका लागि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संंयोकत्वमा प्रतिष्ठानका सिनेटर शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र रेक्टर तुलबहादुर श्रेष्ठको तीन सदस्यीय छानविन समितिलाई सहयोग गरेको भन्दै अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहको कार्यक्रममा बोलाएर उपकलपति प्रा.डा. राजकुमाररौनियारले प्रतिष्ठानका कर्मचारी सन्दिप कर्णमाथि अपशब्द र हातपातको प्रयास भएको पीडितले कर्णले बताउनुभएको छ ।

छानविन समितिका सदस्य रजिष्टार तुलबहादुर श्रेष्ठले रजिष्टार कार्यालयमै बोलाएर कर्णमाथि सोधपुद्ध गरेपछि छानविन समितिलाई सहयोग गरेको भन्दै अपशब्द र कुटपिटको प्रयास भएको कर्णले बताउनुभयो । उहाले कर्मचारी सुजेन्द्र तामाङ्ग त्यहा नभइदिएको हातपात नै हुनसक्ने अवस्था आएको बताउनुभयो । कार्यालयमा अर्का कर्मचारी प्रवीन मिश्रलाई पनि बोलाइएको थियो । मिश्रम त्यहा पुग्दा कर्ण अत्यन्तै हतास अवस्थामा देखेको तर उहामाथि के भएको भन्ने कुरा आफूलाई थाहा नभएको मिश्रले बताउनुभयो ।

प्रतिष्ठानमा भएको भ्रष्टाचारको सम्बन्धमा अख्तियारले समेत छानविन गरिरहेको अवस्थामा करौडौ भ्रष्टाचार भएको भन्दे प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरतापूर्वक लिएर प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संंंयाजकत्वमा उच्च स्तरीय छानविन समिति बनाइएको थियो । छानविन समितिले करिब तीन महिना लगाएर पारेको प्रतिवेदनमा भ्रष्टाचार भएको ठहर गरी प्रतिष्ठानको सिनेटको वैठकमा पेश गर्ने उद्देश्यले सहकुलपति तथा उप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सयोजकत्वमा प्रतिष्ठानका सिनेटरसहितको तीन सदस्य छानविन समिति बनाइएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित