प्यावसनको प्रथम नगर अधिवेसन सम्पन्न

पथरी / निजि तथा आवसीय विध्यालयहरुको अर्गनाईजेसन नेपाल नगर कार्यसमिति पथरीशनिश्चरे मोरङले आफ्नो प्रथम नगर अधिबेसन सम्पन्न गरेको छ । निजि बिध्यालयले सगरमा ठुलो योग्दान गरेको प्रसंसा गर्दै निजि बिध्यालयले नगरसंग राखेका अपेक्षामा नगर सधै सकरात्मक रहेको नगर प्रमुख दिलिपकुमार राईले बताउनु भयो ।

२०४७ सालमा स्थापना भएका निजि तथा आवासीय बिध्यालयहरुको छाता संगठन (प्यावसन) मा पथरीशनिश्चरे नगर भित्रका २२ ओटा निजी तथा आवसीय बिध्यालय रहेका छन । २२ ओटा बिध्यालयमा ६१३ जनाले रोजगार पाएका र २२ ओटा बिध्यालयले १ अर्व १० करोड ९० लाख लगानि भएको वाल्मीकि मावीका प्रिन्सिपल नवलकिशोर खनालले वताए ।
प्रथम नगर अधिबेसन बाट अध्यक्षमा उपेन्द्र कडेल, सचिवमा सुरेन्द्र लिम्वु, कोषाध्यक्षमा लिल बहादुर कार्की, र सदस्यहरुमा शान्ति देवि राई,खड्ग बहादुर श्रेष्ठ,सर्वलाल राई,खगेन पुलामी सहितको ७ सदस्यि कार्य समिति गठन भएको छ ।

नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आथिथ्यतामा भएको सो कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयदेखी कलम चलाएका स्थानिय शैक्षिक ससार पत्रिकाका सम्पादक केशव निरौला, हस्तलेखन प्रतियोगिताका सस्थापक व्याक्तित्व भुवनेश्वर पोख्रेल लाई उनिहरुले शैक्षिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा २०७२,७३ र ७४ मा एस ई ई परिक्षामा उत्कृष्ट अंक ल्याउने बिध्यार्थीहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा एभरेष्ट अग्रेजि आवसिय माविका समिता रिजाल, आदर्श न्यौपाने, लोचन मिश्र, दिनेश खरेल, वाल्मीकि मावीकी नम्रता दर्नाल, आयुस श्रेष्ठ ,रेड स्टार मावीका मनिस राई मोरङ म्यारिगोल्ड स्कुलका उत्सव खरेललाई प्याबसनले सम्मान गरेको थियो ।

कार्यक्रममा प्यावसनका प्रदेश प्रतिनिधी, स्थानिय सरकारका प्रतिनिधि, अभिभावक सघका प्रतिनिधि, लागाएतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्थानिय प्यावसनमा आवद्घ निजि तथा आवसिय विध्यालय हरुका विध्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेको थिए भने कार्यक्रम उपेन्द्र कडेलको सभापतीत्वमा सम्पन्न भएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित