बुहारीले गम्भीर आरोप लगाएपछि ससुराले काटे लिंग, सासुले विष पिएर ज्यान फालिन्

एजेन्सी । बुहारीले बलात्कार गरेको गम्भीर आरोप लगाएपछि ५४ वर्षीय ससुराले आफ्नो लिंग नै काटिदिएका छन्। १२ वर्षदेखि क्यान्सरको उपचार गराउँदै आएका भारतको राजस्थान निवासी ससुराले बुहारीले त्यस्तो आरोप लगाएपछि सुरुमा विष खाएर आत्मा हत्याको प्रयास गरेका थिए।

गत बुधबार गम्भीर अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। भारतको राजस्थानमा गत २७ अगष्टका दिन बुहारीले प्रहरीमा बलात्कारको उजुरी गरेपछि सासु ससुरा दुबैले विष खाएका थिए। लगत्तै सासुको ज्यान गयो भने ससुराको अवस्था गम्भीर छ। उनीहरुको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

प्रहरीमा परेको उजुरीमा ति महिलाले आफ्नो श्रीमान, ससुरा, सासु, जेठानीमाथि दुस्कर्म गरी आफुँमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन्। यो उजुरी र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित