बिराटनगर स्थित न्यूरो अस्पतालले यसरी मनायाे विश्व मुटु दिवस

आज विश्व मुटु दिवस । ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइँदै छ । विश्व मुटु दिवसको अवसरमा प्रदेश नं. १ मा मुटु रोगको उपचारको लागी पहिलो पटक निजि स्तरबाट क्याथल्याव शुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले पनि विभिन्न कार्यक्रमहरु गरी विगत चार वर्षदेखि विश्व मुटु दिवस मनाउदै आईरहेको छ ।

मुटु दिवसकाे अवसरमा अस्पतालले विराटेश्वर बृद्धा आश्रम का बृद्ध बृद्धाको मुटु जाँच तथा फलफूल वितरण गरी विश्व मुटु दिवस मनाएको छ । उतm कार्यक्रममा रगत , प्रेसर जाँच, इसिजी गर्नुको साथै औषधी समेत वितरण गरिएको थियो । सो अवसरमा विराटेश्वर बृद्धा आश्रमका संचालक जगत अर्याल, न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भटराई, डा. साहिल अन्सारी, डा. श्रीजल रिजाल लगायतको उपस्थिती रहेकाे थियो ।

न्यूरो अस्पतालले विशेषज्ञ चिकित्सक सहित अत्याधनिक क्याथल्याब सेवा संचालनमा ल्याएपछि प्रदेश नं. १ र २ मात्र नभई छिमेकी मुलुक भारतको बिहार तथा बंगाल प्रान्तका मानिसले समेत एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकर प्रत्यारोपनको लागी अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निेकश राज श्रेष्ठले बताउनुभएकाे छ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित