वियर लञ्चमा चिकित्सकहरू

धरान / मदिरापान स्वास्थ्यको लागि हानिकारक छ । चिकित्सकहरुले पनि मदिरा स्वास्थ्यको लागि हानिकारक छ भने सेवन नगर्न उपचारमा आएका विरामीलाई भन्ने गरेका छन् । तर विरामीलाई मदिरा सेवन गर्नु हुदैन भन्ने चिकित्सक नै शुक्रबार राति पूर्वमा आएको नया ब्राण्डको वियरको लञ्चमा सामेल थिए ,। धरान १५ कामे होटल इजि राइडर्समा शुक्रबार राति शेर्पा बुअ्ररी प्रा.लि.द्वारा उत्पादित खुम्बु कोल्ड वियरको लञ्चका क्रममा धरानका प्रवुद्ध व्यक्ति मानिएका चिकित्सक, पत्रकार, विभिन्न राजनीीतक दलका स्थानीय नेता, सामाजिक संंघ संस्थाका प्रतिनिधि तथा सर्वसाारण गरी ३ सय जना भँन्दा बढीको उपस्थिति थियो ।

उद्घाटनका क्रममा औजार दैनिकका प्रधान सम्पादक भीम ज्वाला राई, बीपी कोइराला स्वास्थ्य विज्ञानका पूर्व शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, शल्यक्रिया विभागका प्रमुख प्रा.डा सिएस अग्रवाल लगायतको उपस्थितिमा लञ्च गरिएको थियो । लञ्चका क्रममा प्रदेश नं. १ का ड्युटर्स प्रमुख नविन घिमिरे, धरानका वितरक प्रमुख नविन तामाङ्गले लञ्च भएका वियरको विषयमा विस्तृत जानकारी दिनुभएको थियो ।

चितवन, भैरहवा, हेटौडा, काठमाण्डौ, पोखरा, विराटनगर, विर्तामोडपछि धरानमा उहाहारुले जानकारी दिनुभयो ,। अन्य वियरभन्दा फरक स्वाद भएको दाबी गरिएको वियरको विशेषता चिनि नमिसाइएको, केमिकश नसिमाइएको सुद्ध जौबाट तयार गरिएको ५ प्रतिशत अल्कोहल भएको उहाहरुले जानकारी दिनुभयोे । लञ्जसंगै स्थानीय वेण्डहरुको सांगेतिक प्रस्तुतिसंगै अतिथिहरुले वियरको चुस्की लगाएका थिए ,।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित