हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत, महिलाहरूद्वारा जुत्ताको माला लगाई दिएर गाउँ परिक्रमा

हेटौंडा । पछिल्लो समय दिनमा तीन जना महिला बलात्कृत हुन्छन् भने दुई जनामाथि बलात्कारको प्रयास हुने तथ्याङ्कले देखाउँछ । यसरी दैनिक जसो पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना सार्वजनिक भइरहेको बेला हेटौडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् ।

३० वर्षीय एक सुस्त मनस्थितिका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा हेटौडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडा पक्राउ परेका हुन् । सिंखडालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले बुधबार पक्राउ गरेको हो ।

सुस्त मनस्थिति भएका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समूहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा समेत गराएका थिए । सिम्खडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुर्व्यवहार गरेको स्थानीय दुई जना महिलाले देखेपछि घटना सार्वजनिक भएको हो ।

स्थानीय महिलाहरूको अनुसार मंगबार देखे पनि केही गर्न नसकेकाले बुधबार बिहान महिलाहरू भेला भएर सिम्खडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो । तर दिनभर दुवै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले पीडकलाई साँझ छाडेको छ । इलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए । साभार श्राेतः न्यूज२४नेपाल

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित