सन्दर्भः मुटु दिवस र विराटनगर स्थित न्यूरो–कार्डियो अस्पताल

चारवर्ष अगाडीदेखि विशेषज्ञ चिकित्सक सहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिट अस्पताल मुटु रोगीका विरामीको उपचारमा समेत सफल देखिएको छ । निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ ।

मुटुमा जटिल समस्या भएका विरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टि र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले चारवर्षमै फड्को मारेको हो । नेपाली र भारतीय मुटु रोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेश राज श्रेष्ठका अनुसार मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्धतीदेखि मुटुमा ब्याट्री राख्ने विरामीहरुको सफल उपचार न्यूरो–कार्डियोमा हुने गरेको छ । हृदयघात भएका विरामीका लागि गरिनु पर्ने उपचार पद्धतीमध्ये एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टि र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेशमेकरबाट विरामीले लाभ लिईरहेका छन् । न्यूरो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘क्याथल्याब’ सञ्चालनमा आएपछि भारतबाट समेत विरामी नेपालमा आएर मुटुको शल्याक्रिया गराउन थालेको डा.श्रेष्ठको भनाई छ । डा.श्रेष्ठका अनुसार चार वर्षको अवधीमा एकहजार दुईसय ४१ जना मुटु रोगीले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्याक्रिया तथा उपचार सेवा लिएका छन् ।

जसमध्ये कोरोनरी एन्जियोग्राफि एकहजार १० जनाले गराएका छन् । एन्जियोग्राफी गर्नेमध्येका ३ सय ८५ विरामीको एन्जियोप्लाष्टि गरिएको छ । यसैगरी मुटुको चाल बढाउन ८५ जना विरामीमा अस्थायी र ५८ जना विरामीमा स्थायी प्रकृतिको ब्याट्री यसै अवधीमा राखिएको छ । त्यस बाहेक ६ जनाको रेनल एन्जियोग्राफी र ३ जनाको रेनल एन्जियोप्लाष्टि गरिएको डा.श्रेष्ठ बताउनुहुन्छ ।

मुटुमा समस्या उत्पन्न भएपश्चात रोगीमा देखिने लक्षण बारेको ज्ञान थाहा नभएर समयै अस्पतालसम्म आउन नसक्ने विरामीको मुटुलाई बचाउन सकिदैन । कतिपय अवस्थामा भने विषय विशेषज्ञ चिकित्सक भन्दा बाहेकका चिकित्सकले समेत मुटुको समस्या यकिन गर्न नसक्दा अस्पतालमै विरामीले रोग पालेर बस्नुपर्ने अवस्था समेत रहेको डा.श्रेष्ठको भनाई छ ।

कुनैपनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ ।  खानपीन तथा शारिरिक कसरत अभावले निम्त्याउने हृदयघातका विरामीको दाँया भागतर्फको छाती क्रमशः दुख्दै दाँया हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नका लागि डा.श्रेष्ठको आग्रह छ । त्यस बाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्चरत्तचाप र मधुमेहका विरामी हृदयघातको उच्च जोखिममा हुने गर्दछन् ।

ठूलो लगानीसहित अस्पतालले मुटुको जटिल समस्या देखिएका विरामीको उपचारमा आवश्यक अत्याधुनिक प्रविधि (फिलिप्स एफडि२० क्याथल्याव) भित्र्याएपछि उपचारमा आउनेको संख्या दिनप्रतिदिन न्यूरोमा बढ्दै गएका छन् । यो प्रविधि नेपालमा तिनवटा अस्पतालमा मात्र उपलब्ध रहेको छ ।

सरकारले मुटुको एन्जियोप्लाष्टी गर्नु पर्र्ने बिरामीका लागी रु एक लाख आर्थिक सहयोग प्रदान गर्न थालेपछि सेवा लिन आउने मुटु रोगीको संख्यामा समेत बृद्धि भएको छ । तिमी प्रतिज्ञा गर :‘ मेरो मुटु तिम्रो मुटु’ हो भन्ने कुरालाई सबैले आत्मासात गरेर सचेतना बढाउन सके मुटुका रोगिहरुलाई हृदयघात हुनबाट जोगाउन सकिन्छ ।
कार्डियोलोजिष्ट डा.श्रेष्ठका अनुसार मुटु रोगलाई जटिल समस्या मानिएका कारण यसको उपचार खर्चिलो छ । खर्चिलो भएकाले आम नागरिकको पहुँचमा नहुँदा हृदयघातले मर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय मुटु रोगको उपचारमा सरकारी सहयोग कोशेढुंगा सावित हुँदै गएपनि अझै यस्ता विरामीको उपचारमा सरकारी चासो बढ्नु पर्नेमा उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित