सदियौँदेखि पानीमाथि बस्दै आएको छ टांका समुदायका मासिनहरु

विश्वमा मानिसहरु विभिन्न स्थानमा बसोबास गर्दछन् । कोही गाउँमा त कोही शहरमा । कोही पहाडमा त कोही नदी किनारमा । तर के तपाइँले यस्ता मानिसहरुको बारेमा सुन्नुभएको छ, जो पानीमा बस्दछन् ?

पानीमा त जलचर पो बस्दछ त ? तर, चीनमा भने पूरै गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ । उक्त गाउँको जनसंख्या ७ हजार रहेको छ ।
समुद्री माझीहरुको उक्त वस्तीमा बस्ने समुदायलाई टांका भनिन्छ । टांका एक चिनियाँ आदिवासी समुदाय हो । इतिहास अनुसार यो समुदायले १३ सय वर्षयता जमिन टेकेको छैन र समुद्रमाथि वस्ती बसाएर घरजम गर्दै आएको छ । सन् ७ सय वर्षयता टांका समुदाय समुद्रमाथि बस्दै आएको हो ।

दक्षिण पूर्वी चीनको यो समुदाय समुद्रमाथि डुंगेघरको वस्ती बसाएर बसिरहेको छ । फुजियान प्रान्तको दक्षिणपूर्वी क्षेत्रमा पर्ने निंगडे सहरको नजिकैको समुद्रमा यो वस्ती रहेको छ ।

समुद्रमा बस्ने यो आदिवासी समुदायलाई जिप्सी अफ द सी पनि भनिन्छ ।

सन् ७०० मा चीनमा तांग राजवंशको शासन हुँदा टांका समुदायका मासिनहरु युद्धबाट बच्नका लागि आ आफ्ना डुंगा लिएर समुद्रतर्फ लागे । त्यसपछि उनीहरु युद्धको डरले आफ्नो मूलथलोमा फर्केनन् र समुद्रमै घरजम गर्नथाले । उनीहरुले समुद्रमै ठूलाठूला डुंगाका घर बनाएर बस्ने गरेका छन् । उनीहरुको जिविकोपार्जनको श्रोत नै माछा मार्नु बनेको छ ।

चीनमा पछिल्लो समय आधुनिकता भित्रिएको र सरकारको सहयोग मिलेसँगै यो समुदायका केही मानिसहरु समुद्रको बसाई छाडेर किनारामा घर बनाएर बसेका छन् । तर अझै पनि अधिकांश मानिसहरु परम्परागत रुपमै समुद्रको वस्तीमै बसिरहेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित