अब घरमै बसीबसी अनलार्इन मार्फत दशैंको अग्रिम टिकट काट्न सकिने

काठमाडौं । दशैंकाे अग्रिम टिकट बुकिङ खुला भएसँगै  यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।  अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अगि्रम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको अगि्रम टिकट बुकिङ गर्न सक्नेछन् ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताए।

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर इसेवाका ३५ हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै इप्रभु, इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।  बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित