कस्ताे अनाैठाे ! काखीमा विज्ञापन राखेर गर्छन अाम्दानी


जापानमा काखीमा विज्ञापन गर्ने चलन बढ्न थालेको छ । जापानमा कुनै पनि कम्पनीको विज्ञापन काखीमा राखेर एक घण्टा सार्वजनिक स्थान, यातायात आदिमा देखाएर बसे करिब १० हजार रुपैयाँ पारिश्रमिक पाइन्छ । राम्रो पारिश्रमिकको लोभकै कारण धेरै महिला तथा पुरुषहरू अहिले काखीमा विज्ञापन राखेर बस्ने यो पेसातर्फ आकर्षित हुन थालेका छन् ।
काखीमा विज्ञापन गराउने कार्यलाई वाकिनो एड एजेन्सीले व्यवस्थापन गरिरहेको छ । टोकियो लगायतको क्षेत्रमा अहिले राम्रो काखी भएका युवतीहरू यो पेसामा आउन आतुर छन् । जापानी भाषा अनुसार वाकिनोको अर्थ काखी हुन्छ । उक्त विज्ञापन एजेन्सीले निकट भविष्यमा राम्रो काखी भएका युवा–युवतीहरूबीच सौन्दर्य प्रतियोगिता आयोजित गर्ने सोचसमेत बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित