सिंगो बिद्यालयमा पाँच जना शिक्षक २६ बिद्यार्थी

बेलबारी । नजिकैको एउटा निजि बिद्यालयमा कक्षा कोठा भरी बिद्यार्थी खचाखच थिए । त्यहि छेउमा रहेको सामुदायिक बिद्यालयमा भने बिद्यार्थीको संख्या एकदमै न्युन थियो । निजि बिद्यालयमा एउटा कोठामा भएका जति पनि बिद्यार्थी सिंगै बिद्यालयमा उपस्थित थिएन्न ।

बेलबारी ४ मा रहेको श्रीजङगा आधारभुत बिद्यालयमा कक्षा ५ सम्मको पढाई हुन्छ । सो बिद्यालयमा ३ जना शिक्षकको दरबन्दी रहेको छ भने २ जना राहत शिक्षक रहेका छन । ५ जना शिक्षकले पढाउने बिद्यालयमा बिद्यार्थी भने हाजिरी खातामा २६ जना छन तरपनि बिद्यालय आउनेको संख्या आधा मात्र रहेको छ ।

बेलबारीले नगरपालिका भरिका सामुदायिक बिद्यालयमा शिक्षकहरुलाई बिद्युतिय हाजिरी अनिबार्य गरेपनि सो बिद्यालयमा न त बिद्युतिय हाजीरि नै छ न त बिद्यालयको शिशु कक्षामा अध्यायन गर्ने बिद्यार्थीका लागी कुनै खेल सामाग्री नै,भएका २ वटा पिङ पनि अबशेष मात्र रहेका छन ।
एकातर्फको भवनमा ४ वटा कोठा रहेका छन । अर्कोतर्फ रहेको एउटा पुरानो भवन जुन अझै पुरा भएको छैन । धुलाम्मे भुँई जहाँ आसपासका कुखुराहरु भेला भएर बस्ने गर्छन । बिद्यालयको अबस्था एकदमै दयनीय रहेको छ । बिद्यालयमा दैनिक बिद्यार्थी समेत आउँदैनन ।

बिद्यार्थीले शिक्षा आर्जन गर्ने सरस्वतीको मन्दिर मानिने बिद्यालयको दुराबस्था रहेको छ । २०५२ सालमा स्थापना भएको बिद्यालयको एकातर्फको भवन समेत जिर्ण बन्दै गएको छ । बिद्यालयका प्रधानाध्यापक चन्द्र धिमाल बिद्यार्थीहरु र अभिभावकहरु निजि बिद्यालय तर्फ आकर्षित भएका कारण बिद्यार्थीको संख्या घटेको बताउँछन । बिद्यालयमा खाजाको ब्यबस्था,घरदैलो कार्यक्रम,भर्ना कार्यक्रम लगायत बिभिन्न कार्यक्रम आयोजना गरेपनि बिद्यार्थीको संख्या नबढेको धिमालले बताए । बिद्यालयको बालकक्षामा ९ जना कक्षा १ मा ३ जना २ मा ३ जना ३ मा ३ जना र ५ कक्षामा ३ जना बिद्यार्थी रहेका छन भने कक्षा ४ मा ५ जना बिद्यार्थी अध्यायनरत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित