प्रसुती केन्द्रमा पहिलो आमा बन्ने रेणुकाले पाईन १० हजार

पथरी / मोरङको पथरीशनिश्चरे २ को छ्यालिस विघेमा साउन २४ गते औपाचारिक उद्घाटन गरिएको स्वास्थ्यचौकी भवनमा सुरु भएको प्रसुति केन्द्रमा सोही वडाकी रेणुका विश्वकर्मा पहिलो बच्चा जम्माउने आमा बनेकी थिईन । उनै रेणुकालाई प्रोत्साहन स्वारुप मंगलवार नगरपालीका प्रमुख दिलिपकुमार,उप–प्रमुख यमुना विष्ट वास्तोला ,वाडा न २ का अध्यक्ष तथा स्वास्थ्य चौकी अध्यक्ष याम प्रसाद गुरागाई, कार्यपालीका सदस्य अरुणा राई स्वास्थ्य समयोजक मुरारी आर्चाय लगाएत वडा नंं. २ का वडा सदस्य तथा स्वास्थ्यकर्मी हरुको उपस्थितिमा प्रोत्साहान स्वरुप नगद १० हजार रुपैया आज स्वास्थ्य चौकीमा रेणुकालाई हस्तानतरण गरिएको छ ।

सो अवसरमा नगर प्रमुख राईले आमा र बच्चा दुवैको स्वास्थ्यको कामना पनि गरेका थिए ।  स्वास्थ्य चौकीमा प्रसुति गराउने महिलालाई चौकिले प्रोत्साहान स्वारुप १ हजार, गर्भवती अवस्थामा नियमित स्वास्थ्य परिक्षण गराउने महिलाई थप ८ सय रुपैया सहित १ पटक प्रसुति गराउदा १ हजार ८ सय रुपैया प्रोत्सहान रकम उपलब्ध गराउने व्यावस्था रहेको नगर स्वास्थ्य समयोजक मुरारी आर्चायले बताए ।

विश्वकर्माले स्वास्थ्य चौकीको प्रसुति सेवाको उपयोग गर्दै आफ्नो तेस्रो सन्तानका रुपमा भदौ १२ गते मंगलबार दिउसो ३ बजे छोरालाई जन्म दिएको दिएकी थिईन ।उनको विना अपरेशन् सामान्य अवस्थामा नै बच्चाको जन्म भएको स्वास्थ्यचौकीका सिनियर अहेब याम खड्काले बताए । यस अघि प्रसुति केन्द्रमा पहिलो बच्चा जन्माउने आमा र बच्चाको स्वागतमा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाईंको अगुवाईमा वडा सदस्यहरुले विश्वकर्मा तथा उनका परिवारजनलाई मिठाई खुवाएका थिए ।

सो केन्द्रमा दोस्रो पटक बच्चा जन्माउनेमा वडा नम्वर १ की ३८ वर्षीया सावित्रा ठकुरी रहेकी छिन् । नगरमा प्रसुति सेवाको सुविधा नभइरहेको अवस्थामा भर्खरै सुरु गरिएको प्रसुति सेवाबाट स्थानीय लाभान्वित हुने नगर स्वास्थ्य प्रमुख मुरारी आर्चायले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित