यी हुन नेपाल प्रहरीका सुन्दरी अफिसर !!

इटहरी । पुरुष सत्ताले नारीलाई सधै कमजोर ठानिरह्यो । धर्म या परम्पराको नाममा नारीमाथि निरन्तर दमन भइरह्यो । र औसत अधिकारका लागि पनि नारीले आन्दोलन गर्नु परेको इतिहास छ । तर अहिले नारी आकाशमा क्रमश परिवर्तनको शुरुवात भएको देखिन्छ ।  यसैको एउटा उदाहरण हो प्रहरी संगठनको बिभिन्न नेतृत्तमा रहेका महिला र उनिहरुले निर्वाह गरेका जिम्मेबारी । काठमाडौ कोटेश्वर प्रहरी प्रभागको कमाण्ड समालेकी ईन्स्पेक्टर एलिजा गिरी र बलम्बु प्रहरी प्रभागको नेतृत्व गरिरहेकी शर्मिला गुरुङको संघर्ष र सफलताको चर्चा रोचक छ ।

एलिजा गिरी ( प्रहरी निरीक्षक : कोटेश्वर प्रहरी प्रभाग)

ईन्स्पेक्टर एलिजा गिरीको चर्चा अहिले सर्वत्र छ । बालुवा सेटिङमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटेश्वर प्रहरीका तत्कालिन ईन्स्पेक्टर राजु लामालाई ‘रिप्लेस’ गदै एलिजा कोटेश्वरको कमाण्ड सम्हालेकी हुन ।
एलिजा कुनै समय टेलिभिजनमा समाचार बाचक र केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । उनलाई अहिले धेरैले शुन्दरी प्रहरीको रुपमा चर्चा गर्ने गर्छन ।
रुप पंक्षमात्र हैन एलिजाको सार पक्ष पनि सुन्दर र उत्प्रेरक छ । उनको साहस, मेहेनत र शहनशिलता आम नारीका लागि प्रेरणाको स्रोत हुन सक्छ ।

‘म जन्मिएको काठमाडौ तर अध्यन नेपालगञ्जमा भएको हो । प्लस टु मैले त्यही गरेको हु’ । ‘बाँकी अध्यन काठमाडौमा फेरी शुरु गरे र स्नातक तह सके’ । उनले भनिन् ‘स्नातकोत्तर मैले काठमाडौकै केएफबी बिजनेश स्कुलबाट सकेर २३ बर्षको उमेरमा नेपाल प्रहरी जोइन गरे’ ।
‘२०७० सालको १५८ ब्याचबाट प्रहरी निरीक्षक मार्फत मैले प्रहरीमा जागिर शुरु गरेकी हुँ । १७ महिनाको तालिमपछि प्रहरी एकेडेमीमा पहिलो पोष्टिङ, त्यसपछि ठमेलको सोरखुट्टे हुदै केन्द्रिय अनुसन्धन ब्यूरोको मनाव बेचबिखन पिल्लरमा काम गरिसकेको छु’ ।

मलाई सानैदेखि प्रहरी मन पर्दथ्यो । ‘पुलिस भईन भने केही हुन्न भन्ने सोच थियो’ उनि भन्छिन् । अबको बिश्वमा महिला र पुरुष बिचको प्रोफेसन एउटै भएको छ जस्तो मलाई लाग्छ । प्रहरी भित्रकै सिनियर महिला अफिसरले त्यो कुराको प्रमाणित पनि गर्नुभएको छ ।

‘मेरो अहिलेसम्मको अनुभवबाट महिला प्रहरी प्रति समाजको भरोसा उच्च छ । म जहाँ पुगेपनि सबैजनाले सकरात्मक रेस्पोन्स दिनुहुन्छ’ ।
कोटेश्वर प्रहरी काठमाडौको लागि अति शंवेदनशिल क्षेत्र हो । संगठनले चुनौतीलाई सामना गर्न सक्ने क्षमता देखेरै आफुलाई यहाँको जिम्मेबारी दिएको प्रति उनि खुशी छिन् । र आई पर्ने चुनौति सामना गर्न तयार भएको बताउछिन एलिजा ।

संञ्चारकर्मी र कलाकार हुदै प्रहरी सेवामा आएकी एलिजासँग जिवनमा केही गर्ने अठोट छ । आफ्नो व्यक्तिगत जिवन मात्र हैन समाज र राष्ट्रको लागि बिशिष्ट योगदान पुराउने उनको चाहना छ, सपना छ ।

शर्मिला गुरुङ ( प्रहरी निरीक्षक : बलम्बु प्रहरी प्रभाग)

शर्मिला गुरुङ जसले ११ महिनादेखि बलम्बु प्रहरी प्रभागको नेतृत्व सम्हालि रहेकी छिन् । २०६७ सालदेखि प्रहरी सेवा शुरु गरेकी उनले धेरै कार्यक्षेत्रमा कुशलता पूर्वक जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । साहस र कार्यकौशल कै कारण बलम्बु प्रभागको नेतृत्व सम्हाल्न आएकी हुन शर्मिला । उनलाई प्रहरी सेवामा प्रबेश गराउने प्रेरणा परिवार बाटै प्राप्त हो । र आज पनि उनलाई परिवारको पुरै साथ, सहयोग र समर्थन छ ।
‘दोलखा मेरो घर भएपनि जन्म भक्तपुर हो’ । मेरो बुवा र दिदी सेनामा हुनुहुन्छ, बुवाको सोच छोरी पनि अफिसर भएर काम गरेको देख्ने वहाँको इच्छा थियो । ‘परिवारमा आर्मी नै बनाउने इच्छा थियो तर ‘पब्लिक सर्भिस’ गर्ने ठाँउ प्रहरीमा देखेर म प्रहरी भएकी हु’ ।

प्रहरी संगठन भित्रै रहदा उनको आफ्नै ब्याच मेटसँग प्रेम संम्बन्ध भएर विवाह भएको थियो । उनको दुई बर्षको छोरा छ । परिवारलाई समेत समय दिएर उनले आफ्नो कर्तव्यलाई सहज निर्वाह गरिरहेकी छिन् ।  शर्मिला भन्छिन् ‘श्रीमान अकै क्षेत्रको भइदिएको भए समस्या हुन्थ्यो तर एउटै फिल्ड भएर धेरै सहज भएको छ’ ।  समाजमा महिलाले पनि प्रहरीको नेतृत्व गर्न सक्छ भनेर कुरा काट्ने गरेको प्रति उनलाई दुख लाग्छ । आफुलाई महिला प्रहरी भन्दा पनि महिला अफिसर्सको रुपमा लिन्छिन र अरुलाई पनि त्यसै अनुसार बुझ्न आग्रह गर्छिन ।

‘म आफुलाई महिला प्रहरी नभई गर्वका साथ अफिसर भन्न रुचाउछु, किन भने मैले लगाएको दर्जानी चिन्हमा महिला र पुरुष लेखिएको हुदैन’ । उनि भन्छिन् ‘काममा पनि महिलाले यो गर्ने त्यो नगर्ने भन्ने पनि हुदैन’ ।

काठमाडौ भित्रिने प्रमुख नाका तथा औधोगिक हिसाबले महत्वपूर्ण मानिएको बलम्बु–सतुङ्गग्ल क्षेत्र पनि संवेदनशिल छ । लागुऔषध कारोबार, गुण्डागर्दी र अन्य तस्करीमा कहलीएको यस क्षेत्रको नेतृत्व शर्मिलाले समालेपछि अपराधीक घटना कम भएको छ । र उनि नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन र अपराध न्यूनिकरण गर्न प्रतिबद्ध छिन् ।

प्रतिक्रिया

सम्बन्धित