चिकित्सकको लापरवाहीको यो हद, भुईमै जन्मियो बच्चा

सुनसरी / सरकारले महिला मृत्यूदर घटाउन र शिसुको ज्यान बचाउनकै लागि हरेक महिलालाई अस्पतालमै प्रशुती गराउन प्रोत्साहन गरेपनी आज बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान भने एक महिलाले निकै कष्टकर तरिकाले बच्चा जन्माएकी छिन् । दुई महिना अघिदेखी पेट दुखीरहेपनी आज बिहानबाट भने अत्याधिक दुखेपछी बिपि प्रतिष्ठान गएकी दुहबी ५ की २५ बर्षिया तुलसीकुमारी साहले आफ्नो बच्चा उभिएकै अवस्थामा जन्माएकी हुन् ।

आफुलाई समस्या भएकाले पहिला हेरिदिन तुलसीकुमारीका श्रीमान रामजीप्रसाद रौनियारले चिकित्सकलाई आग्रह गरेपनी नर्श तथा चिकित्सकह?ले वेवास्था गरीरहेकाबेला साहको बच्चा उभिएकै अवस्थामा भुईमा झरेको थियो । दुई बच्चा आफ्नो श्रीमतीको पेटमा रहेको र निकै समस्या भएको बताएपनी चिकित्सकह?ले नसुनेपछी तुलसी कुमारीले पहिलो बच्चा उभिएकै अवस्थामा जन्मिएको हो । बच्चा जन्मिएपछी पनि दश पन्ध्र मिनेटजती चिकित्सक तथा नर्सह?ले नहेरेको तुलसीका श्रीमान रौनियारले गुनासो गरेका छन् ।

चार बर्ष अघि एक छोरा जन्माएकी तुलसीले अहिले भने एक छोरा र एक छोरीलाई जन्मदिएकी छन् । बिराटनगरमा तपेशलाल कर्णसंग नियमित जाच गराएपनी सबैले राम्रो भनेकाले प्रतिष्ठानमा प्रशुतिकालागि ल्याएको तर चिकित्सकले लापर्बाही गरेकाले आफु निराश भएको रौनियारको भनाई छ । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रशुती गराउनका लागि राम्रो मानिएपनी पछिल्लो समयमाभने सेवा छिटो छरितो नहुने समस्या रहेको बिरामी तथा आफन्तले बताएका छन् ।

बराहक्षेत्र २ की साधना पौडेललाई गएराती १२ बजे वेथा लागेको थियो । प्रतिष्ठानसम्म लैजान साधन नभएका कारण बल्ल बल्ल बिहान ६ बजे प्रतिष्ठान पु¥याएको भएपनि चिकित्सकको बेवास्थाका कारण झण्डै छोरीको ज्यान गएको आमा माया गौतमले बताउनुभएको छ । बिहान ६ बजेदेखीनै अपरेशनका लागि तयारी गरेपनी बेवास्था गरेकाले सोर्स फोर्सपछी दुईबजेमात्र अपरेशन थिएटर लगिएको थियो । अपरेशनपश्चात बच्चा जन्मिएपनी प्रतिस्ठानको अवस्था भने बिग्रदै गएको गौतमको भनाई छ ।

प्रतिष्ठानको उपचार खस्कदै गएको अवस्थामा स्त्रीरोग बिषेशज्ञ तथा प्रशुति बिभाग इन्चार्ज डा.मोहन रेग्मीले भने आफ्नो बचाउ गर्नुभएको छ । डा.रेग्मीले चिकित्सककको वेवास्थाका कारण लाईनमा उभिएकै अवस्थामा बच्चा जन्मिएको बिषयमा आफुलाई जानकारी नभएको र जानकारी लिएपछीमात्र जफाव दिने प्रतिकृया दिनुभएको छ । उहाँले पहिला ३०÷४० जनाको डेलिभरी गराउने गरेको भएपनि अहिले अत्याधिक चाप भएका कारण ६०÷७० जनाको डेलिभरी हुने भएकाले पनि त्यस्तो हुनसक्ने बताउनुभयो । “अगाडि आएका बिरामी पनि केही भएरै आएका हुन्छन नी” डा. रेग्मीले भन्नुभयो–हाम्रालागित सबै उत्तिकै हुन कसैलाई काखा कसैलाई पाखा गर्ने हामीले मिल्दैन । डाक्टर रेग्मीले पहिला आएका बिरामी पनि केही नभई आएका हुदैनन भनेपनी पहिलो प्राथमिकता जटिललाई दिनुनै राम्रो हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित