साइटिका रोगबाट छुटकरा पाउन लागि जान्नैपर्ने घरेलु उपाय

साइटिका रोग सुन्दा सामान्य लाग्ने तर गम्भीर रोग हो । यस रोगमा कम्मरको नसा दुख्छ, जुन कम्मर देखि मुनिको भाग सबैमा असर गर्छ । साइटिकामा कम्मर देखि पाइतालासम्म दुख्ने गर्छ । ढाड दुख्ने समस्यामा जहाँ दुखाई महसुस गरिन्छ , त्यहाँबाट तलको भागमा दुखाई भयो भने त्यो साइटिका हुन्छ ।

साइटिकाले दैनिक जीवनमा निकै असर गर्ने गर्छ । यसले गर्दा मानिसहरु दुखाई कम गर्नको लागि औषधि खाइरहने गर्छन् भने हस्पिटलमा गरिएको उपचारले पनि औषधि खाउन्जेल मात्र कम गर्छ । साइटिकाको उपचार घरमै पनि गर्न सकिन्छ । यो उपचार विधिलाई निरन्तर रुपमा अनुशासनमा बसेर अपनाउनुपर्ने हुन्छ । यो घरेलु विधिमा लसुनको दुध प्रयोग गर्ने गरिन्छ ।

साइटिका उपचारको यस घरेलु विधिमा सुरुमा लसुनका तीन देखि चार केस्रा लिएर त्यसलाई फोक्नुपर्छ । त्यसपछि लसुनलाई राम्रोसंग थिच्नुपर्छ । थिचेको त्यो लसुनलाई रस खेर जना नदिइ, एक गिलास दुधमा राख्नुपर्छ । लसुन मिसाइएको त्यो दुधलाई अब केही छिन उमाल्नुपर्छ । उमालिसकेपछी आफूले सक्ने जति तातो बनाएर पिउनुपर्छ । साइटिकाबाट छुटकारा पाउनको लागि यस दुधलाई छ महिनासम्म हरेक दिन एक गिलास पिउनुपर्छ ।

लसुन दुध साइटिका मात्र नभएर अन्य कुरामा पनि फाइदाजनक हुन्छ । यसमा भिटामिन इ, क्याल्सियम लगायतका पोशाक तत्वहरु हुन्छन् । यो लसुन दुधले ग्यास्ट्रिक, जोर्नी दुख्ने समस्यालाई पनि फाइदा पुर्याउँछ । यसको साथै दुध नआएर बच्चालाई स्तनपान गराउन नपाएकी सुत्केरी आमालाई यो दुध पिउन दिनाले दुध आउन सुरु हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित