त्रियुगा जनता बहुमुखी क्याम्पसलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने : मुख्य मन्त्री राई

उदयपुर / प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्व विद्यालल बनाउने सकिने बताएका छन् । मुख्य मन्त्री राईले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्याम्पस सभाको नौं साधारण सभामा बोल्दै यस क्याम्पस सामुदायिक मध्येकै उत्कृष्ठ रहेकोले प्रादेशिक विश्व विद्यालय बनाउन सकिने बताएका हुन् । त्रियुगा जनता बहुमुखी क्याम्पस शैक्षिक हबको रुपमा विकास गर्न भौतिक पूर्वाधार, शैक्षिक वातावरण भएकोले यस क्याम्पसलाई प्रादेशिक विश्व विद्यालय अन्तर्गतकै १ नम्बर बनाउन सकिने बताए ।

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन प्रयाप्त मात्रामा ठाउँ रहेको, प्रशासनिक सुगमता रहेकोले शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताए । उनले धनकुटालाई स्वास्थ्य र शिक्षाको निर्देशनालय बनाउने र प्रदेश भित्रका फरक फरक जिल्लामा फरक फरक कार्यालयहरुको निर्देशनालय रहने समेत बताए ।

संघियताको मर्म बमोजिम विभिन्न जिल्लामा प्रादेशिक कार्यालयहरु रहने मुख्य मन्त्रीले बताए । कार्यपालिकाको केन्द्र एक जिल्लामा रहे अर्को जिल्लामा व्यवस्थापिकाको कार्यालय, अर्को जिल्लामा न्यायपालिकाको केन्द्र रहने मुख्य मन्त्री राईले बताए । यस्तै संघियलाईलाई मेल खाने गरेर केन्द्रिय र सेवा केन्द्र स्थापना गर्ने नीति तथा कार्याक्रम प्रदेश सरकारले केन्द्रिय सरकारलाई प्रतिवेदन पेश गरेकोले सवै जिल्लामा कुनै न कुनै कार्यालय हुने मुख्यमन्त्री राईको भनाई छ ।

क्याम्पसले ९ औं साधारणसभा तथा आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट पनि सार्वजानिक गरेको छ । क्याम्पसले आर्थिक वर्ष २०७५÷०७६ मा अनुमानित व्ययतर्फ कुल बजेट ४ करोड ७१ लाख २ हजार ८३१ रुपैँया सर्वजानिक गरेको छ भने, आय तर्फ ४ करोड ४९ लाख ८६ हजार ७४५ हुने क्याम्पस प्रमुख रमेशचन्द्र रोक्काले जानकारी दिए । यस्तै क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित