इटहरी इन्टरनेशनल कलेजका बिद्यार्थीले लिए थाइल्याण्डको शैक्षिक भ्रमणको अनुभव

इटहरी / इटहरी इन्टरनेशनल कलेज बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर नेपाल फर्केका छन् । बेलायतको लन्डन मेट्रोपोलिटन विश्वबिद्यालयको बिबिए र बिआइटि कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड गएका थिए। इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित ५ वटा कलेजहरुबाट कुल १ सय बिद्यार्थी उक्त शैक्षिक भ्रमणमा गएका थिए ।

युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा भएको शैक्षिक भ्रमणबाट धेरै अनुभव प्राप्त गर्न सकेको कलेजका बिद्यार्थीको भनाइ छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको डिग्री बिबिए र बिआइटि सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इटहरी इन्टरनेसनल कलेज, इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, मेरिल्याण्ड कलेज बिराटनगर र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित