थुनुवाहरुलाई पुस्तक वितरण

पथरी / थुनुवाहरुको अध्ययन गर्ने बानीको विकास हाेस् भन्ने उद्देश्यका साथ पुस्तक हस्तान्तरण गरिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ स्थित ईलाका प्रहरी कार्यालयमा रहेका थुनुवा हरुलाई पढ्ने बानीको बिकाश गराई चेतना स्तर उकास्ने ध्ययका साथमा विभिन्न सकरात्मक सोचको विकाश गराउने उद्देश्यका साथ २ दर्जन भन्दा वढि पुस्तक वितरण गरिएको हाे ।

गत भदौ २२ गते सम्पन्न मेघा लाईभ कन्सर्ट को आयोजना ताका उद्दघोष गरिएको शैक्षिक सामाग्री वितरण गर्ने प्रतिबद्घतालाई पुरा गर्दै साको केहि रकम बाट पुस्तक खरिद हस्तानतरण गरिएको माउन्ट एभरेष्ट इभेन्टस क्लवका सयोजक टेकेन लिम्वुले बताए ।

समाजमा घट्ने अपराध बढि जसो अज्ञानताका कारण हुने भएको हुदा उनिहरुको सोचमा परिवर्तन गराउनका लागि पुस्तकले ठुलो सहयोग गर्ने क्लवका सदस्य सुमन कुरुङवाङले बताए ।
कार्यक्रममा क्लवका सयोजक टेकेन लिम्वुले ईलाका प्रमुख लाई पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तक ग्रहण पश्चात वोल्दै ईलाका प्रमुख कमल वजगाईले समाजमा घट्ने अपराधिक घटना हरु अज्ञानता,अशिक्षा, नकरात्मक सोचका कारण हुने गरेको ले थुनामा रहेको अवस्थामा आरोपिहरुले पुस्तक पढी आफ्नो सोचमा सकरात्मक परिवर्तन गर्न केहि हदसम्म सहयोग पुर्याउन सक्ने र सकारात्मक सोचका कारण सामाजिक अपराधमा कमि आउन सक्ने बताएका छन् ।

क्लवले हस्तान्तरण गरेको पुस्तकहरुलाई थुनुवा रहने ठाँउमा लाईब्रेरिको स्थापना गरि उनिहरुलाई ति पुस्तकहरु पढ्ने वातावरण सृजना गर्ने आयोजित कार्यक्रममा वजगाईले बताएका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित