कहिले र कहाँबाट सुरु भयो महिलाले लगाउने ब्रा ? यि हुन् ब्रा सम्बन्धी राेचक तथ्य

एजेन्सी । केही दिन पहिला कथित रुपमा यो उर्दी दिल्लीको एक चर्चित स्कुलमा ९ देखि १२ कक्षामा पढ्ने युवतीका लागि जारी गरिएको थियो । यसको उद्देश्य के थियो ? स्किन कलरको ब्रा नै किन ? दिल्लीको यो चर्को गर्मीमा ब्रा माथिबाट स्लिप लगाउन आदेश दिनुको मतलब के हो ? र यो आदेश युवतीका लागि मात्रै किन ?

महिला पनि असहज हुन्छन्

महिलाहरुको अण्डरगारमेन्ट्स विशेष गरी ब्रालाई एक भड्काउ र सेक्सुअल चीको रुपमा हेरिन्छ। आज पनि धेरै जसो महिला ब्रालाई टावेल वा अन्य कपडाले छोपेर सुकाउँछन् । कुनै पुरुष आफ्नो गन्जी लुकाएर सुकाउँछन की सुकाउँदैनन् यो शोधको विषय हो । आज पनि मानिसहरु ब्राको लोती देखेर असहज हुन्छन् । पुरुषमात्र होइन महिला पनि असहज हुन्छन् । र आँखाले इसारा गर्दै युवतीलाई ढाक्न आग्रह गर्छन् ।

यदि तपार्इंलाई यो पुरानो जमानाको कुरा जस्तो लाग्छ भने तपार्इंलाई यो जानकारी दिनु उचित हुन्छ कि फिल्म ‘क्वीन’ मा सेन्सर बोर्डले कंगना रनौटको ब्रालाई ब्लर गरिदिएको थियो ।

ब्रा र पेन्टी

गत वर्ष साहित्य कला परिषदले कथित रुपमा एक नाटकको मञ्चन केही यस्तै असहज गर्ने कारणले रोकिदियो । उक्त नाटकको पटकथा र संवादलाई लिएर अहिले के भनिन्छ । भने नाटकको कुनै दृष्यमा ब्रा र पेन्टी जस्ता शब्दको प्रयोग गरिएको थियो ।

यद्यपी आयोजकले आफूहरुलाई ब्रा र पेन्टी जस्ता शब्दले भन्दा पनि कयौं अश्लिल शब्दको प्रयोग भएका कारण नाटकलाई रोक्नुपरेको बताएका थिए । महिलासँग कुरा गर्दा थाहा हुन्छ की उनीहरुलाई ब्रा लगाउन कति आवश्यक हुन्छ र कति झण्झटिलो काम हो भनेर ।

विस्तारै बानी पर्यो

२४ वर्षकी रचनालाई सुरुमा ब्रा लगाउन मन पर्दैन थियो । तर विस्तारै विस्तारै उनले बानी परिन वा बानी पारियो । ‘टीनएजमा जब आमा मलार्इ ब्रा लगाउन भन्नुहुन्थ्यो मलाइ रिस उठ्थ्यो । ब्रा लगाएपछि शरीर बाँधिएको जस्तो लाग्थ्यो । तर अब विस्तारै बानी भयो । अब ब्रा नलगाउँदा चाहिँ असजिलो लाग्छ,’ उनले भनिन् । अर्की युवती रीवा भन्छिन, ‘गाउँमा ब्रालाई ‘बडी’ भनिन्छ । कयौं शहरी युवती ब्रालाई ‘बी’ भनेर काम चलाउँछन् । ब्रा भन्दा अप्ठ्यारो लाग्छ ।’

ब्रा लगाउने चलन कसरी सुरु भयो ?

पहिलो मोर्डन ब्रा फ्रान्समा बनेको थियो । फ्रान्सको हर्मिनी क्याडेलले १८६९ मा एक कार्सेट (ज्याकेटनुमा पोशाक) लाई दुर्इ टुक्रामा काटेर अन्डरगार्मेट्स बनाएको थियो । पछि त्यसको माथिल्लो भागलाई ब्रा जसरी लगाउन र बेच्न सुरु गरियो । यद्यपी पहिलो ब्रा कहाँ र कसरी बनाइएको थियो भन्ने विषयको यकिन जानकारी छैन ।

स्तन छोप्नका लागि

युनानको इतिहासमा ब्रा जस्तो देखिने कपडाको चित्रण गरिएको छ । रोमका महिला स्तन छोप्नका लागि छातिको चारैतर्फ कपडा बाँध्ने गर्थे । त्यसको विपरित ग्रीकका महिला भने एक बेल्टमार्फत छातिलाई ठूलो बनाउने कोशिश गर्थे । आज जस्ता ब्रा हामी पसलमा देख्छौं, अमेरिकामा ब्रा १९३० मा बनाउन सुरु गरिएको थियो । यद्ययी एसियामा ब्राको कुनै स्पष्ट इतिहास छैन ।

ब्रा बजारमा आउन थालेपछि यसको विरोध सुरु भएको थियो । चर्चित फेशन म्यागेजीन ‘वोग’ ले १९०७ मा ब्रासियर शब्द लोकप्रिय बनाउन ठूलो भूमिका निर्वाह गर्यो । रमाइलो त के भने योसँग ब्राको विरोध हुन सुरु भइसकेको थियो । यो त्यो समय थियो, जतिबेल महिलावादी संगठनले ब्रा लगाउनुलाई खतराको प्रतिक भन्दै महिलालाई सचेत गराएका थिए ।

आधुनिक ब्राको सुरुवाती

१९११ मा ‘ब्रा’ शब्दलाई अक्सफोर्ड डिक्शनरीमा समावेश गरियो । त्यसपछि १९१३ मा अमेरिकाको चर्चित सोशलाइट म्यारी फेल्प्सले रेशमको रुमाल र रिबनबाट आफ्नालागि ब्रा बनायो र अर्को वर्ष यसको पेन्टेट गरायो । म्यारीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाती रुपमा लिन सकिन्छ । तर यसमा केही कमजोरी पनि थियो । यसले स्तनलाई सपोर्ट गर्नुको साटो स्तनलाई चौडा बनाइदिन्थ्यो । र यो एउटै मात्र साइजमा उपलब्ध थियो ।

जब महिलाले ब्रा जलाइ दिए

त्यसपछि १९२१ मा अमेरिकी डिजाइनर आइडा रोजेन्थले अलग अगल कप साइजको ब्रा बनाउन सुरु गरिन् । त्यसपछि ब्राको प्रचार प्रसार क्रम सुरु भयो जुन आजसम्म पनि रोकिएको छैन । १९६८ मा करिव ४०० महिला मिस अमेरिका ब्यूटी पिजेन्टको विरोध गर्न भेला भए । र उनीहरुले ब्रा, मेकअपका सामान र अग्लो हिल्ससमेत अन्य कयौं चीजलाई फोहोरमा फालिदिए ।

‘नो ब्रा, नो प्रोबल्म’

१९६० को दशकमा ‘ब्रा बर्निङ’ महिलाबीच निकै लोकप्रिय भएको थियो । र केही महिलाले त ब्रा नै जलाए पनि । यो सांकेतिक विरोध थियो । कयौं महिलाले ब्रा जलाए अनि विरोध जनाउन ब्रा नलगाइ बाहिर निस्किए । २०१६ मा ब्रा विरोधी अभियानले सामाजिक संजालमा चर्चा पायो ।

यो त्यस कारण पनि भयो जब १७ वर्षीया क्याटलिन जुविक बिना ब्रा टप लगाएर स्कुल गएकी थिइन् र उनका भ्वाइस प्रिन्सिपलले उनलाई बोलाएर ब्रा नलगाउनुको कारण सोधेका थिए ।

ब्रा र महिलाको स्वास्थ्य

क्याटलिनले यो घटना स्न्यापच्याटमा सार्वजनिक गरिन्।  र उनलाई निकै समर्थन गरियो । यसरी ‘नो ब्रा, नो प्रोबल्म’ को सुरुवात भएको थियो । ब्राका विषयमा धेरै मिथक छन् । यद्यपी तमाम रिचर्सपछि पनि यो विषय अहिले स्पष्ट रुपमा सावित हुन सकेको छैन की ब्रा लगाउँदा स्थास्थ्यलाई हानिपुग्छ ? ब्रा लगाउँदा स्तन क्यान्सर हुने कुरा पनि गरिन्छ।

तर अमेरिकी क्यान्सर सोसाइटीका अनुसार यसको कुनै पनि वैज्ञानिक कारण फेला पर्न सकेको छैन । यद्यपी २४ सै घण्टा र गलत साइजको ब्रा लगाउनु स्वास्थ्यकालागि हानिकारक हुनसक्छ । त्यही भएर आवश्यक भन्दा धेरै टाइट र खुकुलो ब्रा नलगाउन डाक्टरले सल्लाह दिने गरेका छन् । बीबीसी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित