गाउँपालिकालाई भिडियो एक्सरे मेसिन

भोजपुर / भोजपुरको पौवादुङ्मा गाउँपालिकाका गर्भवती महिलाले गर्भ जाँच गराउन जिल्ला वाहिरका अस्पताल जानु पर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइड नेपालले भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेसंगै समस्या हटेको गाउँपालिकाले जनाएको छ । वान हर्टले गाउँपालिकालाई करिव १० लाख वरावरको मेसिनसंगै सो सञ्चालनको लागि आवश्यक जनशक्ति समेत दिएको पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

भिडियो एक्सरे मेसिन हस्तातरणसंगै गाउँपालिकाका गर्भवती महिलालाई गर्भ जाँच गराउन जिल्ला वाहिरका अस्पतालमा जानु पर्ने वाध्यता हटेको अध्यक्ष राईले वताउनु भयो । सो मेसिनबाट तत्काललाई मानेडाँडा स्वस्थ्य चौकीबाट सेवा लिन सकिने गाउँपालिकाको भनाई छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित