जहाँ गयो त्यही विवाह, एक व्यक्तिका १२० श्रीमति

असोज / थाइल्याण्डका एक ५८ वर्षीय व्यक्तिले १२० वटा विवाह गरेको खुलासा भएको छ । थाइल्याण्डको नकोन नायोक प्रान्तको फ्रमनी जिल्लाका तम्बन प्रैजर्टले अहिलेसम्म १२० जना महिलालाई विवाह गरेका छन । थाइल्याण्डमा पनि विश्वका अरु देश जस्तै बहुविवाह प्रतिबन्धित छ । तर उनले अबैध रुपमा यति धेरै विवाह गरेको बताइएको छ । उनले पछिल्लो समय एक २७ वर्षीय फोनसे नामकी महिलासँग विवाह गरेका हुन ।

उनले आफ्ना श्रीमतिहरुलाई पहिले नै आफूले अर्को विवाह गर्न लागेको जानकारी गराउने गरेको बताइएको छ । उनले विवाह गर्नु पूर्व नै केटीका बाबुआमालाई सबै कुरा बताएर पूरै रीतिरिजाव पूर्व विवाह गर्ने गरेका छन । उनले पहिले विवाह १७ वर्षको उमेरमा भएको थियो । १२० वटा विवाह गरेका तम्बनका २८ जना छोराछोरी छन । उनका सबै श्रीमतिहरु उनीसँग सन्तुष्ट रहेको बताइएको छ । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित