हर्टअट्याक हुनुभन्दा एक महिना अघि नै देखा पर्छ यस्ताे संकेत

हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

अन्य भागमा पीडा : छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।
सास लिन अप्ठ्यारो : सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
पाचनतन्त्रमा गडबडी :पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
आत्तिने : लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना : कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।
गोडा फुल्ने : मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
ढुकढुकी बढ्नु : धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित