स्कुले विद्यार्थीहरूले यसरी मनाए अन्तर्राष्ट्रिय बाल दिवस (तस्विरहरू सहित)

अन्तर्राष्ट्रिय बाल दिवशको अवसरमा मोरङको पथरीशनिश्चरेका विभिन्न स्कुलहरुले विविध कार्यक्रमहरू गरेका छन । पथरीशनिश्चरे १ मा रहेको अन्नपुर्ण मा. बि. ले उर्लाबारी नगरपालीका वडा नं. ७ मा रहेको नमुना बाल गृह (अनाथ आर्शम) का बालबालिका संग केक काटेर खुसी साटासा गरी बाल दिवश मनाएका छन । सो अवसरमा स्कुलका कक्षा १० का बालबालीकाले खाजाको पैसा जम्मा गरि संगितको साधन हारमुनी बाल गृहलाई प्रदान गरेका छन भने कक्षा १० मा अध्यायन गर्ने छात्रा आरोग्यराज गुरूङले आफ्नो जन्म दिनमा खर्च हुने रकमले स्वास्थ सामाग्री प्रदान गरेकी छन । हाल सो बाल गृहमा ४६ जना बालबालीका बस्दै आएका छन ।

त्यस्तै पथरीको नमुना बाल संगित केन्द्रले पनि पथरीका बिभिन्न स्कुलका बालबालीका भेला पारी पथरी बजार परिक्रमा गरेको छ । सो र्यालीमा निर्मला पन्तको हत्यारालाई संरक्षण नगर, बाल अधिकार संरक्षण गर, बाल श्रम बन्द गर, गालि कुट पिट नगर जस्ता प्लेकाड बोकेर बालबचाहरु निस्केका थिए । बाल दिवशको अवसर परि नमुना बाल संगित केन्द्रले बालबच्चाले अत्याधिक मन पराएको टेलिचलचित्र खुसीको संसार टिमसंग प्रत्यक्ष भेटघाट गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित