हेर्नुहोस एकजनाले ‘चोर–चोर’ चिच्यायो, भीडले निर्दोष युवकलाई २ घण्टासम्म कुटेर ज्यानै लिए !

आइतबार बिहान भीडले मोटरसाइलमा गइरहेका युवकलाई घरेरे र एक युवकलाई कुटीकुटी सिकिस्त घाइते भनाए । ती युवकको उपचारको क्रममा आइतबार साँझ मृत्यु भयो । २०० भन्दा धेरै जनाको भीडले ती युवकलाई हात, लात र लठ्ठी–डण्डाले कुटेका थिए । मानिसहरुले उनलाई तबसम्म कुटे जबसम्म उनी हलचल गर्नै नसक्ने भएनन् । युवकले भीडको अगाडि छोडिदिन आग्रह गरिरहे । उनले रोइरोइ आफू चोर नभएको भन्दै आफ्नो नाम ठेगाना बताइरहे तर भीडले केही सुनेन ।

नेपालको सीमानजिकै जनकपुर पारी बिहारको सीतामढीमा घटना भएको हो । मृतक युवक सीतामढीकै २२ वर्षका रुपेश कुमार झा भएको बताइएको छ । सूचनापछि पुगेको पुलिसले निकै प्रयासपछि भीडबाट युवकलाई मुक्त गराएको थियो । पुलिसले उनलाई उपचारको लागि सदर अस्पतालमा भर्ना गरायो । यहाँ सर्जन नभएपछि रेफर गरियो ।

परिवारले उनलाई डा. वरुण कुमारको निजी क्लिनिकमा लगेकोमा त्यहाँबाट पनि रेफर गरी पिएमसी हस्पिटल रेफर गरियो जहाँ राती उनको मृत्यु भयो । घटनाका बेला रुपेशसँग बाइकमा अन्य २ जना साथीहरु पनि थिए । बाइकमा जाने क्रममा एक पिकअप भ्यानका ड्राइभरसँग उनीहरुको विवाद भएको थियो । दुवै पक्षको विवादपछि कुटाकुट भयो ।

पिकअपका ड्राइभर एक्लै र उनीहरु तीन जना भएपछि ड्राइभरले कुटाइ खाए । ड्राइभरले आफू जोगिन र उनीहरुलाई फसाउन त्यत्तिकै ‘चोर–चोर’ भन्दै चिच्याए । पिकअप ड्राइभरको त्यहाँ राम्रो चिनजान भएकोले उनले यसरी चिच्याएपछि भीड जम्मा भयो । भीडले कुरै नबुझी रुपेशलाई कुट्न थाले ।

रुपेशले कुटाइ खाएको देखेपछि उनका दुवै साथी भागे । भीडले रुपेशलाई २ घण्टासम्म कुटिरह्यो । यही बीचमा कसैले पुलिसलाई फोन गरे । पुलिस आए पनि लामो समयसम्म रुपेशलाई भीडबाट बचाउन सकेन किनकि भीडले पुलिसको कुरै सुनेनन् । जब पुलिसले भीडबाट रुपेशलाई छुटाउन सक्यो त्यति बेलासम्म ढिलो भइसकेको थियो । पुलिसले आग्रमणकारीको पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित