सुनसरीमा भेटियाे गोरु संग लाइसेन्स वाला रेडियो साटेको ब्यक्ति । हेर्नुस् . . .

बराहक्षेत्र / प्रबिधिले निकै फड्को मारिसकेको छ , प्रत्येकका हात हातमा मोबाइल छन् । तर अझैसम्म चमराले भने रेडियो छोड्न सकेका छैनन् । सुनसरीको बराहक्षेत्र ४ दुबियाहीका चमरा मुसहर टोलमै पहिलो रेडियो बोक्ने ब्यक्ति भनेर चिनिएका छन् । २०३८ सालमा बराहक्षेत्र ५ सिमरवनका बिश्वकर्मा थरका मानिस ( नाम बिर्सेको ) संग एउटा गोरु दिएर लाइसेन्स सहितको रेडियो साटेको उनि बताउछन् ।

त्यति बेला रेडियो बजाउनलाइ लाइसेन्स चाहिन्छ भन्ने कुरा चमरालाइ पहिले नै थाह थियो त्यसैले रेडियो लिदा उनले लाइसेन्स माग्न भुलेका थिएनन् । त्यो बेला रेडियो बजाउने मान्छेलाई गाउँमा निकै मान्ने गर्थे , बेलुका रेडियो सुन्न आउने मानिसहरुको निकै भिड्भाड नै लाग्थियो । रेडियो सुन्न आउने मानिसहरू बज्न थाले पछि सबै चुप चाप लागेर सुन्ने गर्थे । रेडियो भने पछि कस्तो हुदो रहेछ ?, कसरि बोल्छ जान्न मन लागेको थियो त्यसैले आफू पनि बेला बेलामा आउने गरेको स्थानीय दिपिया सदा बताउछन् । दुखको कुरा रहरले ल्याएको रेडियो ८ महिना बजाए पछि चोरी भयो । रेडियो सुन्ने नसा लागेका चमराले फेरि ३ महिना पछि अर्को सानो रेडियो किनेका थिए । त्यो बेला उनी १५ बर्षका थिए । परिवारमा दैनिक ज्याला मज्दुरी नगरि छाक टर्दैन थियो त्यसैले उनले २ कक्षा भन्दा माथी पढ्न सकेनन । आफू नपढे पनि दुख कष्ट गरेर उनले छोरा छोरी पढाएका छन ।

अहिले एस एल सी सम्म पढेको जेठो छोरा किरण ॠषिदेब इटहरीमा अख्तियार को अफिसमा कार्यालय सहायक पद मा जागिरे बनिसकेका छन । परिवारमा २ छोरा १ छोरी र श्रीमती छन । उमेरले ५० पार गरिसक्दा पनि अर्काको ज्याल मज्दुरी नगरी गुजारा चलेको छैन । छोरो जागिरे भए पछि भने केही राहत मिलेको छ , अहिले उनलेे आफ्नो झुपडी घर भत्काएर पिल्लर लगाएर अलिक राम्रो घर बनाएका छन् । जिवनमा जति दुख परे पनि उनले रेडियो भने कहिले छोडेनन । अहिले त रेडियो को ब्याट्री पाउन पनि कठिन पर्छ , पसलमा कोहि राख्दैन्न । ब्याट्री खोजेर दिक्क लगाउने हुँदा कहिले कहि हामी ल्याइदिन्छौ अहिले ब्याट्री खोज्न आउने यिनै मात्र हुन नजिकै पसलकि साहुनी हर्कमाया थापाले बताइन । २०४५ सालमा नेपालमा ठूलो भुइचालो गएको थियो ।

धरानमा निकै ठूलो क्षति भयो । कहाँ कति घर भत्किए के कति मानिस मरे कसैलाई थाहा हुँदैन थियो । तर चमरा रेडियो सुनिरहने हुदा उनलाइ सबै थाहा हुन्थियो घटनाको बारेमा गाउँमा सबै खबर सुनाउने ब्यक्ती उ मात्रै थिए । राजनीतिमा निकै चासो गर्ने उनलेे २०४६ सालमा नेपाली काङ्ग्रेस को सदस्यता पनि लिएका हुन । कति मान्छे पार्टी परिवर्तन गरेर गए तर उनले आफ्नो पार्टी छोडेका छैनन् । गिरिजाप्रसाद कोइरालाको मृत्यु हुदा पार्टीको झण्डा पनि झुकाएका थिए । आजकाल गाउँमा सबैका घरमा डिक्स होम राखेका छन् सबै फिल्म हेर्छन् कोहि समाचार सुन्दैन्न । उनका परिवार पनि रेडियो पट्टि ध्यान दिदैनन । रेडियो सुन्नाले देश बिदेशका सबै खबर थाह पाइन्छ बेलुका रेडियो नसुनि निन्द्रा नलाग्ने बानी बसिसकेको उनको भनाइ छ । उता छिमेकी बिशे सदा भन्छन् रात भर रेडियो बजाइरहन्छन कहिले कहि त निन्द्रा नै बिथोलिन्छ , त्यसैले कति पटक त राती गएर बन्द गर्न पनि लगाएको छु ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित