बीपीका चिकित्सक संसारकै उत्कृष्ट : राजदुत पुरी

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्पादन गरेको चिकित्सक संसारमै उत्कृष्ट मानिने नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले बताउनु भएको छ । पुरीले विश्वश्वर प्रसाद कोइरालाको १०४ औ जन्मजयन्ति तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ औ स्थापना दिवसका अवसरमा यस्तो बताउनु भएका हो । उहाले यहा अध्ययनरत चिकित्सकको माग विश्वमै मान्यता भएको भन्दै यसको विकासमा भारत सरकारले जहिले जतिखेरपनि सहयोग गर्ने बताउनुभयो ।

उहाले प्रतिष्ठान नेपाल र भारतको प्रतीकको गहना भएको समेत उल्लेख गर्नुृभयो । भारतले नेपाललाई असल निकट छिमेकीको रुपमा सदैव ग्रहण गर्दै आएको बताउदै नेपाल र भारतको सम्बन्ध सरकारी स्तरबाटमात्र हैन जनस्तरदेखि अझ प्रगाढ रहेको स्पष्ट पार्नुभयो । उहाले नेपालका मात्र हैन भारत र नेपालको सीमानामा जोडिएका भारतीय नागरिकले पनि सेवा सुविधा लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाले प्रतिष्ठानबाट उत्पादन भएका चिकित्सकको केही हिस्सा भारतको समेत भएको स्पष्ट पार्नुभयो ।


यस्तै प्रतिष्ठानका उपकुलति प्रा.डा राजकुमार रौनियारले २०५० सालमा आजकै दिन बीपीको जन्म दिन पारेर स्थापना भएको प्रतिष्ठानले २५ बर्षको अवधिमा धेरै सुविधाहरु थप गरेको बताउनुभयो । उहाले विगतमा ४० जना विरामीलाई लक्षित गरी निर्माण गरको प्रतिष्ठिानमा अहिले दैनिक ४ हजार भन्दा बढीको उपचार गर्ने गरेको बताउनुभयो । उहाले हालसम्म प्रतष्ठानले ४ हजार १ सय चिकित्सक उत्पादन गरिसकेको बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भवन अगाडि गरिएको कार्यक्रममा बीपी कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा चिकित्सा क्षेत्रमा योगदान पु¥याउने प्रा.डा सुन्दरमणि दिक्षित, डा मनोहरपसाद गुप्ता, प्रतिष्ठानका पूर्व उपकुलपति लोकविक्रम थापा र पूर्व रजिष्टार नन्दबहादुर थापालगायतलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानकै स्थापना दिवस पारेर नेपाली धावक वैकुण्ठ मानन्धरको उपस्थितिमा विहान मेराथुन दौड प्रतियोगिताको आयोजना समेत गरिएको थियो भने स्थापना दिवसकै अवसमा प्रतिष्ठानले साताव्यापी कार्यक्रम गर्ने समेत जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित