अब इटहरीमा पहिलोपटक होटल म्यानेजमेन्टको पढाई हुने

ईटहरी । स्वदेश तथा विदेशमा होटल म्यानेजमेन्टको माग तिब्र रुपमा भइरहेका बेला इटहरीमा पहिलोपटक पढाई हुने भएको छ । विभिन्न शैक्षिक प्रतिष्ठानले छोटो समयको सीपमूलक तालिम सञ्चालन गदैं आएपनि औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर स्नातक तहमा नमूना कलेजले कक्षा सुरु गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयले सम्वन्धन दिएपछि प्राविधिक बिषय होटल म्यानेजमेन्टका लागि इटहरी तथा आसपासका विद्यार्थीका लागि सुनौलो अवसर प्राप्त भएको छ । होटल म्यानेजमेन्टमा स्नातक तह पुरा गरेका जनशिक्तले स्वेदश तथा विदेशमा सजिलै रोजगारीमा अवसर पाउने गरेका छन् । त्यसमा पनि पछिल्लो समय नेपालको मुख्य शहरहरुमा ठूलो लगानीमा होटल खुल्दा छन् । साथै, पर्यटक क्षेत्रमा प्रर्याप्त सम्भावना रहेकाले गर्दा अब्बल विद्यार्थीले अवसर पाउनेछन् । नमूना कलेजमै स्नातक तहमा कम्प्यूटर साइन्स बिषयमा पनि भर्ना खुलेको छ ।

प्राविधिक सीपमूलक विषयको माग बढेकोमा कलेजले त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा कम्प्यूटर साइन्समा भर्ना खोलेको हो । यसका लागि यसअघि कक्षा ११ र १२ मा साइन्स पढेकाले मात्र भर्ना हुन पाउने व्यवस्था थियो । तर, यो बिषयका लागि अब जुनसुकै बिषयमा कक्षा ११ र १२ पुरा गरेकाले भर्ना हुन पाउने छन् । जसले गर्दा विद्यार्थीले अब प्राविधिक सीपमूलक बिषयमा पनि नयाँ अवसर प्राप्त गर्ने नमूना कलेजका अध्यक्ष केशव खड्काले बताएका छन ।

पूर्वी तराईदेखि पहाडी जिल्लाका ग्रामीण स्थानबाट नमूना कलेजमा विभिन्न तहमा विद्यार्थी पढ्न आउने गरेका छन् । विद्यार्थीलाई सैद्दान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानलाई उत्तिकै महत्व दिएकै कारण विद्यार्थीको रोजाई बनेको बेला नमूना कलेजमा स्नातक तहको मानविकी संकायतर्फ बिएस डब्लु र आमसञ्चार तथा पत्रकारिता बिषय पनि मुख्य आकर्षण बनेका छन् ।

पछिल्लो समय बिएस डब्लु र आमसञ्चार तथा पत्रकारिता पढेकाका अधिकांस विद्यार्थी रोजगारीमा आबद्द भएका छन् । अझ आमसञ्चार बिषय अध्ययन पुरा गरेर निजामती कर्मचारी भएकाले त सूचना अधिकृतको जिम्मेवारी पाउने गरेका छन् । यहाँ व्यवस्थापन संकायतर्फ बिबिएस र बिबिएतर्फ पनि विद्यार्थीको चाप उत्तिकै छ । यस शैक्षिक संस्थामा स्नातकोत्तरसम्म कार्यक्रम सञ्चालनमा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित