पथरी बहुमुखी क्याम्पस संचालक परिषद बैठक सम्पन्न

पथरी / पथरी बहुमुखी क्याम्पसको संचालक परिषद बैठक शनिवार सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले वर्तमान अवस्थालाई हेरेर अब प्रत्येक क्याम्पसहरुले फरक फरक पाठ्यक्रमहरुमा शिक्षण शिकाई थाल्नुपर्ने अवस्था आएको बताउनु भयाे । पथरीशनिश्चरे क्षेत्र आदिवासी ,जनजातीको बाहुलियता रहेको भन्दै क्यामपसमा स्थानिय स्तरमा रहेको जनसमुदायले वोल्ने भाषा, सीप मुलक शिक्षा र स्थानिय समुदायको संस्कृति सग मिल्दा जुल्दा विषय शिक्षण गर्न सके क्यामपसको खस्कदो अवस्थालाई माथी पुर्याउन टेवा पुग्न सक्ने समभावना रहेको कार्कीले बताउनु भएकाे हाे ।

सो कुराको सभाव्यता अध्ययन गर्न स्थानिय सरकारलाई आग्रह गर्दै कार्कीले यसरी संचालन गर्नका लागि आवश्यक पर्ने नैतिक, भौतिक, आर्थिक जस्तो सुकै सहयोग गर्नपनि प्रदेश सरकार तयार रहेको बताउनु भयाे । सो क्यामपस नगरपालिका मात्र नभएर स्थानिय छिमेकी गाँउपालीका र नगरपालीकाको १ मात्र उच्च शिक्षा हाँसील गर्ने सामुदायिक क्यामपसका रुपमा रहेको शैक्षिक धरोहर हो ।

शनिवार भएको कार्यक्रममा क्यामपसले आर्थिक बर्ष २०७४/०७५ को आफ्नो बार्षीक प्रतिवेदन पनि प्रस्तुत गरेको थियो जसमा कुल आम्दानी १ करोड १९ लाख १३ हजार ६ सय ४४ रुपैया रहेको छ भने कुल खर्च १ करोड २२ लाख १३ हजार १ सय २५ रहेको प्रतिवेदन परिषद बैठकमा प्रस्तुत गरिएको थियो जसमा आर्थिक २लाख ९९ हजार ४ सय ८१ रुपैया घाटामा क्यामपस संञ्चालन भएको देखिन्छ ।

कार्यक्रममा सहभागि वक्ताहरुले हाल प्रदेश भरी रहेका सरकारी तथा सामुदायिक सम्पूर्ण क्याम्पसहरुको अवस्था खस्कदै गएको निष्कर्ष निकालेका छन् । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश सभा सदस्य सुयर्माराज राईले यस क्याम्पसका लागि ई. लाइब्रेरी, सोलार जडान लगाएतका विषयमा आफुले प्रदेश सरकारका सरोकारवाला पक्षसग निरन्तर छलफल र पहल गरिरहेको बताए । आवश्यक परेको खण्डमा क्यामपसको उननयनका लागि आफु जस्तो सुकै कदम चाल्न पनि तयार रहेको प्रतिवद्घता जाहेर गरेका छन ।

त्यसै गरि कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राईले नगरले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताए । राईले यस आर्थिक वर्षमा नगरले पथरी बहुमुखीका लागि १० लाख रुपैया विनियोजन गरेको जानकारी दिएका छन् ।

छात्रवृतिका लागि दाताहरुले अक्षयकोषमा रकम समेत जम्मा गरेका छन् । एभरेष्ट अङ्ग्रेजी आवासीय माविका निर्देशक रविन कन्दङ्वाले आफ्ना बुबाको नाममा १ लाख अक्षय कोषको स्थापना गरेका छन यस्तै पथरी बहुमुखी क्याम्पसमा अध्यापन गर्ने शिक्षकहरुको समुहले पनि १ लाख १ हजार रुपैया, कोषको स्थापना गरेका छन् ।

दाताहरुले प्रदान गरेको कोषको रकम बाट प्राप्त आम्दानीले प्रत्येक वर्ष उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रृति वितरण गरिने क्याम्पस प्रशासनले जनाएको छ । सोहि कार्यमा ऐक्यवद्घता जनाउदै पथरीकाठमाण्डौँ मैत्रि समाजले पनि वार्षिक १८ हजार बराबरको छात्रवृति कोषमा रकम जम्मा गरेको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, संस्थापक संचालक समिति तर वर्तमान समितिमा नभएका पूर्व संचालक समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित