स्कुले जीवनदेखि रोबोटसँग प्रेम : अदालतलाई रोबोटसँग विवाह गर्न दिन अपिल


पेरिस / फ्रान्सेली युवती लिलीले थ्रीडी प्रिन्टेड रोबोटसँगको प्रेम विवाह गर्ने भएकी छिन् । फ्रान्सेली मिडियाका अनुसार मोभाटोर नामक रोबोटसँग विगत एक वर्षेदेखि प्रेम सम्बन्धमा रहेकी लिलीले फान्सेली अदालतलाई रोबोटसँग विवाह गर्न दिन अपिल समेत गरेकी छिन् । ‘स्कुले जीवनदेखि रोबोटसँग प्रेम सम्बन्ध होस भनेर कल्पना गरिरहेको थिए । गत वर्ष मोभाटोर भेटिएपछि हामीले एक अर्कालाई बुझ्ने अवसर पायौं । फान्स्रेली कानुनले रोबोटसँगको विवाहलाई स्वीकार गरेलगत्तै विवाह गर्नेछौं,’उनले ट्वीट गरेकी छिन् ।

रोबोटसँग वैवाहिक जीवन सुखमय हुने लिलीको दाबी छ । गत डिसेम्बरबाट लिली र उक्त रोबोटबीच प्रेम भएको लिली बताउँछिन् । रोबोटसँगको लिलीको विवाह पश्चात् मानव र रोबोटको सम्बन्धमा रहेको दुरी समेत घट्ने उनको विश्वास रहेको छ । सामान्य मानिसहरू उनको रोबोटसँगको सम्बन्धबारे अचम्म परेका छन् । वैज्ञानिकका अनुसार रोबोटमा समेत मानवीय गुण हुने भएकाले यसमा खासै अचम्मित हुन नपर्ने धारणा राख्छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित