वैदिक सनानत धर्मशास्त्र भन्छ– सम्भोग कला र समय नजान्दा असल बच्चा जन्मदैनन्

संभोग क्रिया केवल आवेग होइन । एक छिनको क्रोध र वासना मेट्ने क्रिया पनि होइन । धर्मशास्त्रले यसलाई सृष्टिको निरन्तरता दिने एक पवित्र कार्य मानेको । हतास, उदास र थकित क्रोधित अवस्थामा संभोग गर्दा त्यसले स्त्री र पुरुष दुबैलाई सन्तोष दिँदैन । अन्ततः सन्तान पनि राम्रो जन्मदैन । सम्भोग कला नजान्दा त्यसले कस्तो हानी गर्छ ? असल सन्तानको जन्म कसरी हुन्छ ? यस्ता अनेकौ प्रश्नहरुको जवाफ वैदिक सनातन धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

किन जन्मन्छन् रोगी बच्चा ?

पृथ्वी, अन्तरिक्ष र द्युलोकसम्बद्ध दैवी, आध्यात्मिक र भौतिक वातावरण अनुकूल रही ग्रह, नक्षत्र र लग्न राम्रो भएको बस्ने घर, कोठा र सुत्ने बिछ्यौनासमेत सेतोले सुसज्जित भएको, पलङलाई सेतो चाँदीले मोडिएको, सेता सुगन्धित पुष्पमाला र श्रीखण्ड चन्दनको बास्ना चलेको, पञ्चपल्लव, पञ्चरत्न, पञ्चामृत, सर्वौषधि, कुश र दुबोसमेत राखेको कलश जलले अभिषेक गरिएकोस शुद्ध गाईको घिउमा मधुरो बत्ती बलिरहेकोस अष्ट सुगन्धको बास्नाले सारा वातावरण मगमग भएकोस वरिपरिको वातावरण स्वच्छ र सुमधुर भएको, सेता साँढे, सेता घोडा, सेतो सस्र्यूँ र दहीसमेत नजिकै राखिएको,सेता भाले परेवाले हावा दिइरहेको, सुसन्तति गराउने कामराग, सामसङ्गीत र स्वस्तिवाचनको सुमधुर स्वर गुञ्जिरहेको, दुवै दम्पतिको मन प्रसन्न भएकोस उल्कापात, ग्रहण, श्राद्ध, पर्वदिन (औंसी, संक्रान्ति ) नपरेको, शुभरात्रिमा वैदिक मन्त्रद्वारा बाह्यरति (स्पर्श, चुम्बन र मर्दन आदि) पूरा गरेर चन्द्रअनुकूल हुने गरी मुस्कुराएकी धर्मपत्नीसँग मुस्कुराएको युवाले गर्भाधान गर्दा चाहेजस्तै, भनेजस्तै र खोजेजस्तै सुसन्तति जन्मिने गर्भ रहन्छ भन्ने ठम्याइ धर्म–विज्ञान, आयुर्विज्ञान र ज्योतिर्विज्ञानको रहेको छ ।
ऋतुस्नाताले सहवास गर्दा डराई आँखा चिम्लेमा धृतराष्ट्रजस्तो नेत्रहीन, डराएर फुस्रो अनुहार लगाएमा पाण्डुजस्तो रोगी र प्रसन्न मुद्रा भएमा विदुरजस्तो ज्ञानी सन्तान जन्मिन्छ भन्ने कुरा महाभारतबाट स्पष्ट हुन्छ । जबर्जस्ती अनैच्छिक करणी, अत्यन्त अप्रसन्न अवस्थामा गरिने सम्भोग र भँगेराको जस्तो यौनक्रीडाबाट रोगी, अन्ध, अपाङ्ग र क्षीण मस्तिष्क भएका नपुङ्सक सन्तति पनि जन्मिन सक्छन् ।

सहवासका लागि कस्तो स्थान, आसन र समय उत्तम हो ?

सहवासका लागि एकान्त, शान्त र वरिपरि सुमधुर वातावरण भएकोस बेली–चमेली–पारिजातका सुगन्धित पुष्पबगैचा भएकोस सम्भव भएमा सुन्दर पोखरी र झरनासमेत भएकोस वरिपरि बस्ने कुर्सी, टेबुल, घर र कोठासमेत सेतो कमेरे रङ्गले पोतिएकोस तन्ना, तकिया र सिरकसमेत सेतै रहेकोस वर र वधूले समेत श्रीखण्ड चन्दन वा अत्तर आदि सुगन्धित द्रव्य लेपन गरेको अत्यन्त मनोरम स्थान र वातावरण हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । यस्तो वातावरणमा पुरष र स्त्रीको कामेच्छालाई अझ बढाउने वा उद्दीपन गर्ने शक्ति हुन्छ । माथि बताइएको वातावरणमध्ये जे–जस्तो सम्भव हुन्छ, अधिकांश कुरा जुटेको परिवेशमा स्त्री उत्तानो आसनमा पल्टिनुपर्छ । त्यतिखेर हाँसो–ठट्टा र मजाकहरू गर्दै दुवै जना अत्यन्त प्रसन्न र हाँसिरहेको मुद्रामा हुनुपर्छ । खाना खाँदाबित्तिकै सम्भोगक्रिया गर्नु हुँदैन ।

पाचनयन्त्रले खाद्यपदार्थ पाचन गरी रसरक्तमा परिणत गर्ने सन्दर्भमा पुरुष शुक्रकीट प्रबल हुने रातको तेश्रो प्रहरमा ऋतु भएको सात दिनपछिको रज र पाठेघर शुद्ध भएको समयमा दुवैले बाह्यरति पूरा गरी कृष्णजस्तो छोरो जन्माउने मन भए कृष्णको स्वरूपलाई मनमा साकार पारेर, विष्णु वा राम भगवानजस्तो छोरो जन्माउने मन भए विष्णु वा राम भगवान्लाई झल्झली सम्झेर अनि शिवजीजस्तो छोरो जन्माउने इच्छा भए शिवजीको स्वरूप हृदयमा धारण गरेर वा अन्य कुनै प्रिय–प्रतीक सम्झेर गर्भाधान गर्नु ज्यादै राम्रो हुन्छ भनी धर्म्विज्ञान, आयुर्विज्ञान र कामविज्ञानसम्बद्ध ग्रन्थमा प्रकाश पारिएको छ । मनुले चाहिं ऋतुस्नानको सोह्रौं रात्रिमा प्रसन्न मन भएका दम्पतिले गर्भाधान गर्नाले कुलदीपक छोरो जन्मन्छ भनेका छन् । अतः रज, पाठेघर र स्त्रीडिम्ब राम्रो हुने शुभ समयमा सहवास गर्नु उचित हुन्छ ।

विवाहपछि सहवासको सिद्धान्त र मान्यता के हो ?

विवाहपछि ऋतुस्नाता (रजस्वलापछिको स्नान गरेकी स्त्री) ले इच्छा गरेमा दुवैको सम्मतिमा ‘ऋतुसङ्गम’ हुनसक्ने र त्यसबेला गरिने छुट्टै संस्कारको उल्लेख ‘वैखानस गृह्यसूत्र’ मा गरिएको छ । त्यसो त ऋतुस्नान गरेकी स्त्रीले इच्छा गरेको बेला वीर्यदान नगर्ने व्यक्तिलाई ठूलो पाप लाग्ने कुरा पनि शास्त्रहरूमा वर्णित छ । वैखानस गृह्यसूत्रमा नै यथाविधि सन्तानोत्पादनका दृष्टिले गरिने गर्भाधान संस्कारलाई अर्को दोश्रो संस्कारका रूपमा गणना गरिएको छ । वाजसनेयी संहिताको पारस्कर गृह्यसूत्रमा चाहिं विवाहको अङ्ग मानिने चतुर्थी–होम–संस्कार गरेपछि सोही रातमा यथाविधि गरिने गर्भाधान संस्कार दुवैको मञ्जुरीमा गर्नका लागि अनुमति दिइएको छ । कारणवश कन्याको सानो उमेरमा विवाह भएको भए दुवै जना तीन वर्ष ब्रह्मचर्यमा बस्ने र कन्या सोह्र वर्ष पुगेपछि ऋतुस्नाताका साथमा मात्र गर्भाधानका निमित्त सहवासको अधिकार ऋग्वेदको सूक्त ‘युवा ह युवत्या क्षेत्ति योनिषु’ को सिद्धान्तका आधारमा धर्मसूत्रहरूले दिएका छन् । पुरुषको हकमा भने आयुर्वेदको बृहन्निघण्टुरत्नाकरमा बीस वर्षसम्म ब्रह्मचर्यमा रही एक्काइस वर्ष पुगेको युवालाई मात्र सहवासको अधिकार दिइएको छ ।

विवाह गरिदिने अभिभावकहरू नभएमा त कन्यालाई ऋतु हुन लागेको तीन वर्ष पूरा भएपछि मात्र सहवासका लागि जीवनसाथी रोज्न पाउने अधिकार धर्मसूत्रहरूले दिएका छन् । त्यसभन्दा पूर्व सन्तानोत्पादनका लागि सहवास गर्ने अधिकार धर्म–विज्ञान, आयुर्विज्ञान र कामविज्ञानले पनि दिएको छैन । छोटकरीमा भन्नुपर्दा बालातरुणी अर्थात् १२ देखि १५ वर्षकी युवती र बालातरुण अर्थात् १६ देखि २० वर्षसम्मको युवकलाई धर्मसूत्रहरूले गर्भाधानका लागि अधिकार दिएका छैनन् । सुश्रुतले नारीको मासिक रजको मुख्यकाल १२ वर्षदेखि ५० वर्षसम्मलाई मानेका छन् । १६ वर्षदेखि ५० वर्षसम्मकी नारीलाई उनले तरुणीको संज्ञा दिएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित