स्वास्थ्य संस्थामा प्रशुति गराए ‘रातोभाले’ उपहार

भोजपुर/ भोजपुरको पौवादुङ्मा गाउँपालिकाकाले वर्थिङ्ग सेन्टरमा प्रशुति गराउने माहिलालाई रातोभाले दिने निर्णय गरेको छ । गर्भवती महिलाले स्वस्थ्य सस्थामा आएर प्रशुति गराएमा प्रोत्साहन भक्ता एक हजार सहित एउटा रातोभाले दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिकाको करिव १८ हजार जनसंख्या मध्ये ५१ प्रतिशतको हारहारीमा महिला रहेको अध्यक्ष राईको भनाई छ ।

पौवादुङ्मा गाउँपालिकामा तिवारी भञ्याङ्ग, वास्तीम र च्याङ्गेमा गरि तीन ओटा वर्थिङ्ग सेन्टर रहेका छन् । गाउँपालिकाको तेस्रो गाउँसभा मार्फत उक्त निर्णय पारित गरिएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित