तालतालका वडाध्यक्षहरू : कोही अर्काकी पत्नी ताक्ने, कोही वडा सदस्यसँग रात काट्ने !

काठमाडौं / स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले पूर्णता पाएका छन् । वडा–वडामा जनप्रतिनिधिको उपस्थितिले काम सहज भएको छ । तर कतिपय नीतिगत निर्णयमा अहिले स्थानीय तह विवादमा तानिने गरेको छ । खासगरी ‘कर’का कारण बदनाम हुन थालेका जनप्रतिनिधि यौनकाण्डमा पनि मुछिन थालेका छन् ।

नुवाकोटका सुनबहादुुर तामाङ कोठी चलाएको अभियोगमा सजाय भोग्ने पहिलो वडाध्यक्ष बनेका थिए । यस्तै कतिपय ठाउँमा रक्सी पिएर लडेका खबर आइरहेका बेला तालतालका वडाध्यक्ष फेला पर्न थालेका हुन् ।

बाग्लुङको बुर्तिवाङ्ग बजारमा मंगलबार दिउँसो बडीगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग बुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया पत्नीसँग कोठामा सँगै भेटिए । मानबहादुरले नै ढोका थुनेर प्रहरीलाई खबर गरेका थिए ।

र वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन् । ‘उनले बोलाएपछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढुका थुनेका हुन्’, वडाध्यक्षको बयानमा छ ।

चार पाँच महिनाअघि घर आएका उनले पत्नीको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानीयले बताए । मानबहादुर र उनकी श्रीमतिको घर निसीखोला गाउपालिका–१ हर्पे हो । आफ्नो कोठामा वडाध्यक्ष आपत्तिजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका मानबहादुरले उजुरी दिएका थिए ।

सामाजिक चरित्र हरण भएका यी मात्र वडाध्यक्ष होइनन् । जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेका थिए ।

जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह दलित महिला वडा सदस्यको घरमा आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर रंगेहात पक्राउ गरिएको थियो ।

सो महिलाका घरका सदस्यहरू तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर ११ राती जिम्मा लगाए । सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा विजयी भएका थिए ।

करीब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी सो दलित महिला सदस्यले गत असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा दलित महिला वडा सदस्यमा नेकपा एमालेबाट विजयी भएकी थिइन् । पति गुमाएर विधवा रहेकी दलित महिला वडा सदस्य फ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह उनको घरमा पसेका थिए ।

उता, कतिपय वडाध्यक्षलाई बलात्कारको आरोप समेत लागेको थियो । विवाहित १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका घिरिङ गाउँपालिका–३ का वडाध्यक्ष झकबहादुर कुमालले घटना बाहिर नल्याउन पीडितलाई धम्की दिएका थिए ।

घिरिङ–४ गड्यौलीटारकी स्थानीय विवाहित किशोरीमाथि कुमालले नवलपरासी बर्दघाट पूर्वसुस्तास्थित जंगलमा बलात्कार गरेका थिए । पति विदेशमा रहेका स्थानीय ती किशोरीलाई धम्क्याएर बलात्कार गरेको र कुमालले घटना बाहिर नल्याउन भन्दै दुई हजार रुपैयाँको प्रस्ताव गरेका थिए ।

यौन कार्यकलापमा मात्र होइन, मदिरा सेवनका काण्डमा पनि वडाध्यक्ष परेका छन् । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका थिए ।

पटक–पटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो ।

वडाध्यक्ष स्थानीय तहको सबैभन्दा तल्लो इकाइका प्रमुख हुन्छन् । दलको कार्यकर्ता वा सदस्यमात्र भएर भन्दा सामाजिक र नैतिक चरित्रका आधारमा पनि मतदाताले चुन्ने गर्छन् । यस्ता वडाध्यक्ष चुन्ने मतादाताले कस्तो विवेक प्रयोग गरे होला ?
-दैनिक नेपाल

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित